‘होली वाइन खाएर संस्कृतिमाथि हमला’

‘होली वाइन खाएर संस्कृतिमाथि हमला’

दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई तिहाइको बलमा सरकारले अनियमितता गर्न खोजेको आरोप लगाएका छन्। तनहुँको दमौलीमा नेपाली कांग्रेसले आयोजना गरेको विरोध कार्यक्रममा बोल्दै उनले देशमा वाइडबडी प्रकरणमा भएको भ्रष्टाचार तथा बुढीगण्डकी जलविद्युत आयोजना देशलाई घाटा पर्ने हिसाबले काम गरेको बताएका हुन्।

‘सरकारले बहुमतको बलमा अदालत र अख्तियारलाई तर्साएको छ,’ उनले भने,‘सरकारका गतिविधि यसरी नै अघि बढ्ने हो भने जनता अब चुप लाग्दैनन्।’ उनले सत्ताधारीबाट तर्साइउकै कारण अख्तियारले ठूला ठूला अनियमतितामा छानविन नै नगरी ‘साना माछा’ पक्रिरहेको बताए। उनले भ्रष्टाचारमा कांग्रेस चुप नलाग्ने बताए।

बहुमतको सरकार लिएपछि देशमा सुशासन दिने र विकासका गतिविधिअघि बढाउने भने पनि ३३ किलो सुन प्रकरणमा दोषिमाथि कारबाही नभएको आरोप लगाए। ‘सत्ताधारी दलका ठूला नेताहरु काले-काले मिलेर खाउँ भालेझैं गरिरहेका छन्’ उनले भने।

सरकार पुरै कमिशनको चक्करमा लागेको आरोप पनि उनले लगाए। कांग्रेसले आफ्ना मुद्दा छाडेको भन्ने आरोपमा सत्यता नभएको भन्दै उनले सरकारका जनविरोधी क्रियाकलापको झनै विरोध गर्ने बताए। ‘यो त शुरुवात मात्र हो,’ उनले भने,‘सरकार सच्चिएन भने अझ कडा आन्दोलनमा उत्रन्छौं।’ उनले ‘होली वाइन’ खाएर संस्कृतिमाथि हमला गरेको आरोप सरकारलाई लगाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.