सामान्य उपचार नपाएर विकटकी सुत्केरीको मृत्यु

सामान्य उपचार नपाएर विकटकी सुत्केरीको मृत्यु

बझाङ : मुलुकका ठूला नेता सामान्य औषधिउपचार गर्न पनि विदेश गएर करोडौं सरकारी रुपैयाँ खर्चेका बेलामा सुदूर पश्चिमको दुर्गम इलाकाकी एक महिलाले सुत्केरी हुँदा सामान्य उपचार नपाएर मृत्युवरण गर्न बाध्य भएकी छिन् ।

बझाङको खप्तडछान्ना गाउँपालिका–५ बडाकोट घर भएकी ४० बर्षीय जलीदेबी थापाको सुत्केरी भएपछि उच्च रक्तश्राबका कारण मृत्यू भएको हो । आइतबार राति घरमा खाना खाएपछि व्यथा लागेकी थापालाई स्थानीय पाटादेवल स्वास्थ्य चौकीको प्रसूति केन्द्रमा लैजादै गर्दा बाटोमा नै सुत्केरी भएकी थिइन् । 

थापालाई आफन्तहरुले घरमा ल्याएपछि उच्च रक्तश्राव हँुदा मध्यरातमा नै उनको मृत्यू भएको आफन्त मुकेश थापाले जानकारी दिए । वडाकोटबाट पाटादेबल स्वास्थ्य चौकीको प्रसूति केन्द्रमा जान ३ घण्टाको पहाडको ओरालो पैदल बाटो हिंड्नुपर्छ । गाउँमा पनि दक्ष स्वास्थ्यकर्मी नहँुदा उपचार हुन नसकेपछि उनको मृत्यू भएको हो । 

मृतककी श्रीमान रोजगारीका लागी भारत गएका छन् भने घरमा उनका दुई छोरा र एक छोरी छन् । थापाले छोरी पाएकी हुन् । छोरीको अवस्था सकुशल रहेको परिवारले बताएका छन् । यसअघि पनि पटक–पटक सामान्य स्वास्थ्य समस्या पर्दासमेत यहाँका स्थानीयहरुले स्वास्थ्य चौकी टाढा हुँदा निकै समस्या झेल्दै आएका आएका थिए ।  

तीन सय परिबार रहेको बयाना, बडाकोट गाउँमा प्रसूति केन्द्रका लागि महिलाहरुले बारम्बार पहल गरेको भएपनि हालसम्म स्थापना हुन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.