आर्मीलाई पराजित गर्दै क्यामरुन सेमीफाइनलमा
पोखरा : पोखरामा जारी मनकामना केवलकार पोखरा कप प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई हराउँदै क्यामरुनको डफिन्स क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । भर्खरै इटहरीमा मदन मण्डारी गोल्डकपको उपाधि जितेर पोखरा आइपुगेको त्रिभुवन आर्मी क्लबलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।
खप्तड गोल्डकपमा पराजय भएर पोखरा आएको क्यामरुनी टीमले पहिलो गोल हाफ टाइमको दुई मिनेटको अतिरिक्त समयमा डिबक्स नजिकैबाट यानिक ओवोनाले सहज गोल गर्दै अग्रता दिलाएको थिए । डिफेन्स इकुमले दिएको लङपासलाई उपयाग गर्दै यान्निकले गोलकिपरलाई जिल्याउँदै सहज रुपमा गोल गरेका थिए ।
खेलको ६० औं मिनेटमा आर्मीमाथि हावी भएको क्यारुनको टोलीकालागि यानिक ओवोनाले ब्यक्तिगन दोस्रो गोल गरे । यानिकले डिडर टिनाको पासमा गोल गरेका थिए । यसै गरी खेलका ६९ औं मिनेटमा क्यारुनका अर्मेल अहण्डाले गोल गर्दै टीमकालागी तेस्रो गाल बनाए । उनले आर्मीका दुई डिफेन्सलाई विट गर्दै गोल गरेका थिए । दोस्रो हापको अतिरिक्त समय ९०+१ मा ओका वोटाले टोलीको लागि चौथो गोल गरे ।
पावरसट हावामा उडाईदिएपछि ५९ औ मिनेटमा राजेश पौडेलले हानेको प्रहार विपक्षी किपरले पंच गरि वताएका थिए ।
८५ औ मिनेटमा दिप कुमार लामाले हानेको पूहार समेत विपक्षीकिपरले बचाउ गरेका थिए । डफिन्सका खेलाडीले पाएका केही राम्रा अवसर खेरफालेका थिए । खेलका ३९ औं मिनेटमा ओवोनाले डीबक्स नजिकैबाट हानेको प्रहार हेडिङ सेकेण्ड बारमा लागेर रिवाउण्ड भएको थियो । रिवाउण्ड बललाई एन्जमा यान्निकले पनि गोल गर्न सकेनन् ।
खेलपछि प्रतिक्रिया दिदै आर्मीका कोच गंगा देउजाले विपक्षीटोलीले राम्रो खेल खेलको बताए । क्यामरुनी टोलीका खेलाडी आफ्ना खेलाडी भन्दा केही वलियो भएको र केही खेलाडि घाईते भएकोले पनि हार बेहोरर्नु परेको सुनाए । प्रतियोगिता अन्तर्गत मंगलबार नेपाल पुलिस क्लब र जापानको टोलीबीच खेल हुनेछ ।