सिरहामा लागुऔषधसहित दुई युवक पक्राउ

सिरहामा लागुऔषधसहित दुई युवक पक्राउ

सिरहा : सिरहाको नरहा गाउँपालिका–३ स्थित नषँ चेहर्वा सडकखण्डबाट दुई युवक लागुऔषधसहित पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले गोलबजार नगरपालिका–८ बस्ने २२ वर्षीय दिपेन्द्र यादव र उदयपुरको कटारी नगरपालिका–१ बस्ने २५ वर्षीय गोकर्ण थापालाई पक्राउ गरेको हो ।

चेकजाँचको क्रममा स २ प ४४७९ नम्बरको मोटरसाइकलमा आएका दुबै जनलाई लागुऔषधसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी जिवन श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार उनीहरुको साथबाट प्रहरीले डाइलेक्स डिसी ९१ बोतल, नाइट्रोसन २० चक्की र पेन्टालब २१ एम्पुल लागुऔषध बरामद भएको छ । ‘पक्राउ परेकाहरु कार्टुनमा प्याक गरी लागुऔषध ल्याउँदै गरेको अवस्थामा फेला परेका हुन्,’ एसपी श्रेष्ठले भने, ‘अधिक लागुऔषध रहेकोले उनीहरु कारोबारी नै भएको देखिन्छ ।’ अभियुक्तहरुमाथि थप अनुसन्धान भइरहेको श्रेष्ठले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.