प्रधानमन्त्री र सभामुखको सोनम ल्होसार शुभकामना

प्रधानमन्त्री र सभामुखको सोनम ल्होसार शुभकामना

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन्।उनले ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा बसोबास गर्नुहुने सम्पूर्ण तामाङ तथा शेर्पा समुदायका दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य,दीघार्यु एवं उत्तरोउत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्रीले सन्देशमा भनेका छन् “नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश हो । यहाँ हरेक जातजातिका आआफ्नै परम्परा, चाडपर्व, वेशभूषा रहेका छन् । मुलुकमा बसोबास गर्ने सबै जातिका चाडपर्वप्रति सरकारको उत्तिकै सद्भाव र सम्मान छ।'

यस्तै सभामुख कृष्ण बहादुर महराले पनि ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन्। उनले शुभकामना सन्देश जारी गर्दै तामाङ समुदायको महान पर्व सोनम ल्होसारको शुभ अवसरमा स्वेदश तथा विदेशमा रहनु भएका समस्त तामाङ समुदायका आमाबुवा,दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगितको हार्दिक शुभकामना व्यक्त गरेका छन्।

'तामाङ समुदायमा भव्यरुपमा मनाइने यस पर्वले नेपाली नेपालीबीच आपसी सहिष्णुता वन्धुत्वको भावना विकास गर्दै सामाजिक सांस्कृतिक एेक्यवद्धता सदभाव र भातृत्वको विकास गर्न हामी सबैलाई प्रेरणा दिने भन्ने मैले विश्वास लिएको छु', भन्दै उनले सोनम ल्होसार पर्वले हामी सबै नेपालीलाई सामाजिक सांस्कृतिक सदभाव आपसी सहयोग र राष्ट्रिय एकता मजबुत बनाउन सबैलाई प्रेरणा प्रदान गरोस्,भन्दै शुभकामना व्यक्त गरेका छन्।

त्यस्तै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले 'सोनाम ल्होहार' का उपलक्ष्यमा सम्पूर्ण तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्। उनले विज्ञप्तिमार्फत विविधताले भरिएको नेपाली समाजमा गर्व गर्नलायक धार्मिक-सांस्कृतिक रीतिरिवाज र परम्परामध्ये सोनाम ल्होहारले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको उल्लेख गरेका छन्।

यस पर्व आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भावना बढाउने काममा कोशेढुङ्गा सावित भएको विज्ञप्तिमा उल्लेख छ। सभापति देउवाले यस पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्न सकोस् भन्ने शुभकामना दिएका छन्।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पनि सोनाम ल्होछार-ग्याल्पो ल्होछारको अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन्।उनले शुभकामना सन्देशमा 'नेपाल बहुजातिय, बहुभाषिक, बहुसाँस्कृतिक तथा बहुधार्मिक मुलुक हो। विविधता भित्रको एकता नै हामी नेपालीको मौलिक पहिचान हो।बहुभाषा, बहुधर्म र बहुसंस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक सम्मान एवं सद्भावसहित अघि बढ्न अभिप्रेरित गरिरहेको बताएका छन्।

'यसप्रकारका पर्वहरुले विविध धर्म र संस्कृति मान्ने सम्पूर्ण नेपालीहरुका बीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने विश्वास गर्दै, यस पर्वले समस्त समुदायहरुमा बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना शुभकामना सन्देशमार्फत उनले व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.