बिहानै खुमलटार पुगेका क्रिकेट टोलीलाई प्रचण्डको बधाई

बिहानै खुमलटार पुगेका क्रिकेट टोलीलाई प्रचण्डको बधाई

ललितपुर : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड'ले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमा नेपालको सम्मान र इज्जत बढाउन सफल भएको भनी प्रशंसा गरेका छन्। मंगलबार बिहान प्रचण्डनिवास खुमलटार पुगेका क्रिकेट टोलीलाई उनले बधाई तथा शुभकामना दिए। अध्यक्ष प्रचण्डले क्रिकेटमा नेपालको ऐतिहासिक जीतले खुशी भएको बताए।

देश समृद्धिको यात्रामा अघि बढेको बेला राष्ट्रिय एकतालाई मजबुत गर्न क्रिकेट खेलमा भएको प्रगतिले ठूलो भुमिका खेलेको उनले बताए।

उनले भने, 'राज्यले खेल क्षेत्रलाई विशेष महत्व दिएको छ। चितवनमा बन्ने स्टेडियमबाट क्रिकेट खेलको विकासमा झन योगदान पुग्ने छ।'

आफ्नो तर्फबाट क्रिकेटको विकास र खेलाडीको मनोबल उच्च राख्न सक्दो सहयोग गर्ने उनले बताए। युएईमा तीन एकदिवसीय र तीन टी-ट्वेन्टी शृंखला खेली सोमबार नेपाल फर्केका क्रिकेट टोलीका खेलाडी मंगलबार बिहानै अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.