परिवारका ५ जनाको खुट्टा हिउँले खाएपछि बिचल्ली

परिवारका ५  जनाको खुट्टा हिउँले खाएपछि बिचल्ली

जाजरकोट : कमाइ गर्न भारत गएका नलगाड–१ चिउरी गाउँका एकै परिवारका पाँच जनाले हिउँमा परी खुट्टा गुमाएका छन्। बिहान–बेलुकाको छाक टार्न भारत पसेका परिवार सबैको खुट्टा हिउँले खाएपछि उनीहरू नेपालगन्जस्थित भेरी अस्पतालमा छटपटाइरहेका छन्। आर्थिक अभावले हिउँले गुमेका खुट्टाको उपचार गर्न उनीहरूलाई समस्या परिरहेको छ। कमाइ गर्न भारतको कार्गिल पुगेका उनीहरूले घर फर्कने क्रममा हिउँको बाटो हिँड्दा खुट्टा गुमाएका हुन्।

 नलगाड नगरपालिका–१ चिउरीका ५५ वर्षीय शसे कामी, उनका छोरा राजीव विक र अविलाल विक, छोरी अमृता चनारा र ज्वाइँ यादवराज चनाराको हिउँले खाएर खुट्टा गुमेका छन्। हिउँमा परेर अन्तिम अवस्थामा पुगेका पाँचै जनालाई अन्य साथीले उद्धार गरी नेपाल पुर्‍याएको शसे कामीका अर्का छोरा नन्दराम विकले जानकारी दिए।

उनीहरूको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको नन्दरामले बताए। उनले भने, ‘हिउँले खाएपछि उपचार क्रममा बुवाको दुवै खुट्टा र दुवै हात काट्नुपर्ने भो, भाइ राजीवको दुवै खुट्टा, अविलालको दुवै खुट्टा, बैनी ज्वाइँ यादवराजको दुवै खुट्टा र बहिनी अमृताको खुट्टाको दुई वटा औंला काट्नुपर्‍यो। पाँच–पाँच जनाको उपचार गर्नुपर्ने अवस्थाले अलि–अलि कमाएको पनि सबै सकियो, अझै पनि सन्चो भएको छैन, अब कसरी यिनीहरूको थप उपचार गरौं।’

कमजोर आर्थिक अवस्थाका कारण र कालापहाडको कमाइमा निर्भर यस परिवारका पाँचै जनाले खुट्टा गुमाउनुपरेपछि झनै संकटमा परेका छन्। उनीहरूका गुमेका हातखुट्टा पूर्णरूपमा सन्चो नहुँदा समस्यामा परेका हुन्।

‘एकै घरका पाँचै जनालाई यस्तो विपद् कसैलाई पनि आइनलागोस्’, शसेले विलौना गरे, ‘एक जनालाई भए पनि अरूले कमाएर त परिवार धान्थ्यौं, सबै अस्पतालको शड्ढयामा पुगेपछि अब हामीलाई कसले कमाएर दिन्छ ? ’। सबैको अवस्था बिग्रिएको भन्दै उनले सहयोगको याचना गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.