सुदूरपश्चिम महोत्सवमा मुख्यमन्त्रीलाई सात बुँदे माग पेश

सुदूरपश्चिम महोत्सवमा मुख्यमन्त्रीलाई सात बुँदे माग पेश

धनगढी : सुदूरपश्चिम महोत्सव सोमबारदेखि धनगढीमा सुरु भएको छ। १२ वर्षदेखि कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे।

उनले सुदूरपश्चिम पर्यटकस्थलको स्तरोन्नती गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। पर्यटनमा लगानी गर्ने व्यवसायीलाई प्रदेश सरकार सहकार्य गर्न तत्पर रहेको मुख्यमन्त्री भट्टको भनाइ छ। 

महोत्सवको १३ औँ संस्करणमा मुख्यमन्त्रीलाई सात किलोको मालाले सम्मान गर्दै संघले सात बुँदे माग बुझाइएको छ। 

सुदूरपश्चिममा औद्यौगिक क्षेत्र स्थापना, उद्योग प्रोत्साहनका लागि १० वर्षसम्म कर छुट, धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गरी वैकल्पिक अन्तराष्ट्रिय विमानस्थल बनाउनुपर्ने, प्रदर्शनीस्थल निर्माण, सेती अञ्चल अस्पताललाई सुविधा सम्पन्न प्रदेश अस्पताल बनाउन माग रहेका छन्। 

सँगै गौरीफन्टा नाकाको स्तरोन्नती गरी प्रदेशलाई चीनसँग जोड्नुपर्ने, प्रदेशको पर्यटन विकासका लागि खप्तड, घोडाघोडी, शुक्लाफाँटा, चिसापानीलगायतका पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास गर्नुपर्ने माग पेश गरेको हो।

अघिल्लो वर्ष प्रमुख अतिथिलाई २१ बुँदे माग बुझाएको संघले यस पटक सात बुँदामा झारेको संघका उपाध्यक्ष पुष्कर ओझाले जानकारी दिए। 

महोत्सव ‘समृद्ध सुदूरपश्चिमका लागि समृद्धि’ भन्ने नाराका साथ सुरु भएको हो। महोत्सवमा यहाँको कला संस्कृति झल्कने गरी सजाइएको छ। दुई सय २५ वटा स्टल राखिएको महोत्सवमा एक सय ७० व्यापारिक र बाँकीमा कृषि, होटल रेष्टुरेन्ट रहेको संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए।

धनगढीस्थित संघीय प्रहरी इकाई कार्यालयको मैदानमा सुरु भएको महोत्सवमा रमाइलो मेला तथा स्थानीय तथा राष्ट्रिय कलाकारले प्रस्तुति दिने छन्। महोत्सव फागुन २ गतेसम्म सञ्चालन हुनेछ। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.