सर्लाहीमा मधेश सहिद दिवस मनाइयो

सर्लाहीमा मधेश सहिद दिवस मनाइयो

मलंगवा : मधेश आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरुको सम्झनामा राष्ट्रिय जनता पार्टी नेपालले सोमबार सर्लाही सदरमुकाम मलङ्गवामा मधेश सहिद दिवस मनाएको छ ।

२०६३ साल माघ २१ गते मधेस आन्दोलनका क्रममा शहादत प्राप्त गरेका राम एकवाल राय, आसिक अली मिकरानी, दिनेश राय, सञ्जय राय, रामनारायण साह लगायतका सहिदको सम्झनामा राजपाले सर्लाहीमा मधेश सहिद दिवस मनाएको हो ।

दिवसको अवसरमा पार्टीका नेता तथा कार्यकर्ताले जिल्ला विकास चोकमा रहेको सहिद स्मारकमा फूलमाला अर्पण गर्नुको साथै पछिल्लो मधेश जनआन्दोलनमा ज्यान गुमाएका नागेन्द्र ठाकुर र राधिका देवीको शालिकको समेत शिलान्यास गरियो ।

ठाकुर र राधिकाको प्रतिमा मलंगवाको शिवसागर चोकमा संयोजक यादवले शिलान्यास गरे । जिल्ला विकासको मैदानमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि राजपाका संयोजक यादवले सहिद परिवारलाई पार्टीले यसअघि निर्णय गरेको ५० लाख बराबरको सहयोग गर्दै जाने बताएका छन् ।

कार्यक्रममा सहभागी भएका प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले आफूहरु मधेशलाई अधिकार सम्पन्न बनाउन लडिरहेको बताए । सहिदको शालिक बनाउन सामाजिक विकास मन्त्रालयबाट १० लाखको सहयोग गर्ने समेत मन्त्री साहको घोषणा छ । यस्तै संघीय समाजवादी फोरमका नेताहरुले सोमबार बिहानै सहिद स्मारकमा आएर फूलमाला अर्पण गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.