सैनिकको रगतले जोगियो सुत्केरीको ज्यान

सैनिकको रगतले जोगियो सुत्केरीको ज्यान

डोटी : दिपायलमा नेपाली सैनिकका जवानले दान गरेको रगतका कारण एक सुत्केरी महिलाको ज्यान जोगिएको छ । नेपाली सेनाको सर्वेश्वर गणका प्युठ भूपेन्द्र चन्द र सिपाही विक्रम सिंहले दिएको रगतले केआइसिंह गाउँपालिका-४ तिखातरकी २२ वर्षीया पार्बती जेठाराको ज्यान जोगिएको हो । 

सुत्केरी व्यथाले च्यापेर दिपायलस्थित शैलेश्वरी अस्पतालमा भर्ना भएकी जेठाराको अत्यधिक रक्तश्रावका कारण ज्यान जोखिममा परेको थियो । यस्तो स्थितिमा नेपाली सैनिकले दुईपिन्ट 'ए पोजेटिभ' रगत दिएकाले निजको ज्यान जोगिएको अस्पतालका निर्देशक आइजङ्ग कुँवरले बताए । 

'शरीरमा रगत सकिएर महिलाको ज्यानै खतरामा परेको थियो तर बेलैमा रगत उपलब्ध भएपछि उनको ज्यान जोगियो', उनले भने । नेपाली सेनाले डोटीमा विगतदेखि नै स्थानीयवासीलाई समस्या परेको बेला रगत उपलब्ध गराउँदै आएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.