बाजुराका पुरुष टपरी दुना गाँस्दै
बाजुरा : प्रायजसो धार्मिक काममा महिला खट्ने गर्छन्।पुरुष घर बाहिरको काममा व्यस्त हुने भएपछि घरभित्रको कामको बोझ भने महिलाकै काँधमा थुप्रिन्छ। तर बडीमालिका नगरपालिका-३ रजालीका स्थानीय पुरुषको जिम्मेवारी भने फेरिएको छ।उनीहरु विवाह र अन्य धार्मिक कामका लागि टपरी दुना गाँस्न व्यस्त हुन थालेका छन्।