उपराष्ट्रपति पुन र साउदी राजदूत सुलेमानबीच भेटवार्ता

उपराष्ट्रपति पुन र साउदी राजदूत सुलेमानबीच भेटवार्ता

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ सँग नेपालका लागि साउदी अरेबियाका नवनियुक्त राजदूत मुसद बिन सुलेमान अल मारवानीले भेट गरेका छन्। 

मंगलबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर राजदूत मारवानीले शिष्टाचार भेट गरेका हुन्। 

भेटमा उपराष्ट्रपतिले नेपाल र साउदी अरेबियाबीच औपचारिक सम्बन्ध स्थापना भएको ४२ वर्ष पुगेको र हाल जनस्तरसम्म विस्तार भइरहेको बताए। उनले विभिन्न माध्यामबाट दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ र जनस्तरसम्म विस्तार गर्नुपर्ने बताए।

उपराष्ट्रपतिले नेपाल विकास र समृद्धिको मार्गमा अगाडि बढेको बताउदै साउदीलाई नेपालमा लगानी गर्न आग्रह गरे। ‘नेपाल विकास र समृद्धितिर अगाडि बढिरहेको छ। यसका लागि हामी लगानी खोजिरहेका छौँ’, उपराष्ट्रपतिले भने, ‘साउदी अरबसँग स्रोत छ, हामीसँग लगानीको प्रशस्त क्षेत्र छ। कृषि, पर्यटन, जलविद्युत र भौतिक पूर्वाधारको क्षेत्रमा लगानी गर्नुहोस्।’

सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउन लागेको जानकारी गराउँदै उपराष्ट्रपतिले पुतले साउदीबाट अधिकतम पर्यटक आउने अपेक्षा राखे। 

‘भ्रमण वर्षमा साउदीबाट धेरै पर्यटक आउनेमा हामी विश्वस्त छौँ’, उनले भने, ‘साउदी सरकारले त्यहाँका नागरिकलाई यसबारेमा प्रचार प्रसार र प्रोत्सान गर्नेमा पनि विश्वस्त छौँ।’ 
भेटमा साउदी राजदूत मारवानीले साउदी र नेपालको सम्बन्ध प्रगाढ बन्दै गइरहेको बताए। उनले दुई देशबीच उच्चस्तरीय भ्रमणको आवश्यक रहेको उल्लेख गरे। 

‘सम्बन्धलाई अझै प्रगाढ र सहकार्यलाई फराकिलो बनाउनु पर्दछ, यसका लागि द्विपक्षीय उच्चस्तरीय भ्रमण हुनुपर्दछ,’ उनले भने, ‘नेपालको विकास र समृद्धिको यात्रामा सहयोग गर्न साउदी अरबिया सदैव तयार छ।’

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग शिष्टाचार भेटको क्रममा नेपालका लागि साउदी अरबियाका नवनियुक्त राजदूत मुसद बिन सुलेमान अल मारवानी। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.