जनरल इन्स्योरेन्स र बैंक अफ काठमाडुबीच बैंकासुरेन्स
काठमाडौं : जनरल इन्स्योरेन्स कम्पनी ( जिआईसी) र बैंक अफ काठमाण्डु बीच बैङ्कासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।सम्झौताअनुसार बैंकका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमासम्बन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन्।
इन्स्योरेन्स कम्पनी तथा बैंक बीच सोमबार सहमतिपत्रमा हस्ताक्षर भएको छ। बैंकका प्रबन्धक रितेश लामिछाने र इन्स्योरेन्सका महाप्रबन्धक एसके.टमोटले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।