सरकारविरुद्ध बेनीमा कांग्रेस र विप्लवको प्रदर्शन
बेनी : आतंक बढेको भन्दै नेपाली कांग्रेस र नेत्रबिक्रम चन्द (विप्लप) नेतृत्वको नेकपा सरकारविरुद्ध प्रदर्शन गरेका छन्। सोमबार दिउँसो बेनीमा कांग्रेसको विरोध र्याली सकिएपछि अपराहन्न नेकपा निकट अखिल क्रान्तिकारी र युवक संगठनका कार्यकर्ताहरुले सरकारको विरुद्धमा नाराबाजी गरेका हुन्।
सरकार विरोधी नारा लेखिएका प्लेकार्ड बोकेर संगमचोकदेखि सुरु भएको नेपाली कांग्रेसको र्याली बजार परिक्रमा गरेपछि दुरसञ्चार चोकमा पुगेर सभामा परिणत भएको थियो।