गाडी जलाउने विद्यार्थी नेतालाई रिहा गर्न कांग्रेसको चेतावनी
काठमाडौं : सरकारी गाडी जलाउने विद्यार्थी नेतालाई रिहा गर्न नेपाली कांग्रेसले सरकारलाई चेतावली दिएको छ। शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको अधिकारमाथि सरकारले हस्तक्षेप गरेको भन्दै कांग्रेसले चतावली दिएको हो।
'पोखरामा भएको आजको प्रदर्शनमा नेविसंघका केन्द्रीय सदस्य भानु ढकाल, सागर सापकोटा, गोविन्द नेपाली, विधान लामिछाने लगायतका विद्यार्थी नेताहरुलाई गिरफ्तार गरिएको छ' कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ,' यस घटनाले सरकारको अधिनायकवादी र सर्वसत्तावादी चरित्र उदाङ्गो बनाएको छ, यस घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दै गिरफ्तार गरिएका सबै विद्यार्थी नेताहरुको तुरुन्त रिहाई गर्न नेपाली कांग्रेस सरकारलाई चेतावनीका साथ आग्रह गर्दछ।'
गिरफ्तार विद्यार्थी नेताहरुको रिहाईको माग गर्दै वानेश्वरमा मंगलबार गरिएको प्रदर्शनमा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष नवीन राई, विदेश सल्लाकार डम्वर सुनार, केन्द्रीय सदस्य प्रेम शाही लगायतका नेताहरू पक्राउ परेका छन्। उनीहरूलाई महेन्द्र पुलिस क्लव, महानगरीय प्रहरी वृत गौशाला र अनामनगरमा राखिएको छ।