पुलिस क्लबलाई पराजित गर्दै जापानी टोली सेमिफाइनलमा

पुलिस क्लबलाई पराजित गर्दै जापानी टोली सेमिफाइनलमा

पोखरा : पाहुना टोली जापानको रिस्हो विश्वविद्यालयको टोली नेपाल पुलिस क्लबलाई १–० गोलले पन्छाउँदै सेमिफाइनलमा प्रवेश गरेको छ।

पोखरा रंगशालामा मंगलबार भएको खेलमा पहिलोपटक पोखरामा प्रतियोगितामा सहभागी भएको रिस्हो विश्वविद्यालयको टोलीले खेलको २० औं मिनेटमा गरेको एक मात्र गोलले सेमिफाइनल यात्रा तय गरेको हो। 

रिस्हो विश्वविद्यालयका यासुताका सुजुकीले नात्सुकी ताकेदाले मिलाइदिएको पासलाई सदुपयोग गर्दै वान टचमै विपक्षीको पोस्टमा प्रहार गरेको बलले जाली चुमेपछि पुलिस क्लब प्रतियोगिताबाट बाहिरिएको हो। जापानी टोलीले पहिलो हाफमा एकपछि अर्को राम्रा प्रहार गरेका थिए। 

पहिलो हाफअघि जापानका ताकुया हिल्तोमीले प्रहार गरेको बल पुलिसका गोलकिपरले बचाउ गरेका थिए। यसैगरी खेलको ३३आंै मिनेटमा कर्नरबाट पाएको बललाई ताकुतोले हानेको हेडबल पोस्ट नजिकैबाट बाहिरिएको थियो।

दोस्रो हाफमा नेपाल पुलिसले खेलमा केही सुधार गरे पनि गोल फर्काउन भने सकेन। खेलको ६९औं मिनेटमा भरत शाहको प्रहार जापानी गोलकिपरले बचाएका थिए। 

७६औं मिनेटमा पुलिसले पाएको अर्को अवसर पनि खेर फालेको थियो। भरत शाहले हानेको प्रहार जापानी गोलकिपरले विफल बनाइदिएका थिए। खेलमा जापानी खेलाडी तात्सुकी ताकेदा म्यान अफ दी म्याच घोषित भए।

खेलपछि पुलिसका प्रशिक्षक अनन्त थापाले युवा खेलाडीले भरिएको जापानी टोलीसँग सिक्ने अवसर मिलेको बताए। प्रतियोगिताअन्तर्गत बुधबार मनाङ मस्र्याङ्दी र बिग्रेड ब्वाइजबीच खेल हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.