सिरहामा लागुऔषधसहित चार पक्राउ

सिरहामा लागुऔषधसहित चार पक्राउ

सिरहा : प्रहरीले मंगलबार सिरहाका छुटाछुटै दुई स्थानबाट लागुऔषधसहित चारजनालाई पक्राउ गरेका छन्। सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले चेकजाँचको क्रममा सिरहा नगरपालिका १७ पटेर्वाबाट एक जनालाई र नेपाल प्रहरीको अर्को टोलीले सिरहा नगरपालिका १५ बाट तीन जनलाई लागुऔषधसहित पक्राउ गरेको हो।

    
धनुषाको जनकनन्दनी गाउँपालिका २ का १९ वर्षीय बब्लुकुमार यादवलाई संयुक्त प्रहरी टोलीले स ९ प ५४३१ नम्बरको पल्सर मोटरसाइकलमा लागुऔषध लिएर भारतबाट नेपाल आउँदै गर्दा पक्राउ गरेका छन्। 

प्रहरीले उनको साथबाट फेनारगन १९९ एम्पुल, डाइजिल्याब १९९ एम्पुल र नुफिन २०० एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी जिवन श्रेष्ठले जानकारी गराए।

१५ मिनेटकै फरकमा प्रहरीको अर्को टोलीले सिरहा नपा १५ बाट चेकजाँचको क्रममा उदयपुरको कटारी नगरपालिका ४ का ३४ वर्षीय बाबा तामाङ, सिरहा नपा १ का २१ वर्षीय गणेश पासमान र सोही ठाउँका १८ वर्षीय राजेश पासमानलाई १४ पिस नाइट्रोभेट ट्याब्लेटसहित पक्राउ गरेको छ। यिनीहरु पनि भारतबाटै लागुऔषध लिएर आउँदै थियो।

सिरहा प्रहरीले हिजा (सोमबार) पनि लागुऔषसहित नरहा गाउँपालिका ३ स्थित नयाँ चोहर्वाबाट गोलबजार नगरपालिका ८ का २२ वर्षीय दिपेन्द्र यादव र उदयपुरको कटारी नगरपालिका १ का २५ वर्षीय गोकर्ण थापालाई पक्राउ गरेको थियो। 

चेकजाँचको क्रममा स २ प ४४७९ नम्बरको मोटरसाइकल आएका दुवै जनाको साथबाट प्रहरीले डाइलेक्स डिसी ९१ बोतल, नाइट्रोसन २० चक्की र पेन्टालब २१ एम्पुल लागुऔषध बरामद गरेको थियो। थप अनुसन्धान गरिरहेको र उनीहरुलाई लागुऔषध तथा ओसार पोसार मुद्दामा अदालतमा पेश गर्ने एसपी श्रेष्ठले बताए। 
 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.