महोत्सवमा हेलिकप्टरबाट धनगढी अवलोकन गर्न पाइने

महोत्सवमा हेलिकप्टरबाट धनगढी अवलोकन गर्न पाइने

धनगढी : हेलिकप्टरबाट धनगढी अवलोकन गर्ने प्याकेज पहिलो पटक यहाँ सुरु भएको छ ।

धनगढीमा सुरु भएको सुदूरपश्चिम महोत्सवको अवसरमा कैलाली उद्योग वाणिज्य संघले चार हजार रुपैयाँमा हेलिकप्टरबाट धनगढी अवलोकन गर्ने प्याकेज मंगलबारबाट सुरु गरेको हो ।

‘महोत्सवलाई मध्यनजर गरी हेलिकप्टरबाट धनगढी अवलोकन गर्ने प्याकेज ल्याएका हौँ,’ संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले भने, ‘हेलिकप्टरमा चड्नेहरुको संख्या उल्लेखीय देखिएको छ । महोत्सव अवधिमा धनगढी अवलोकन गराउने छौँ ।’

महोत्सवपछि सुदूरपश्चिमको पर्यटकीयस्थल खप्तडमा समेत प्याकेज सुरु गर्ने ओझाले जानकारी दिए । धनगढी बजार अवलोकन गर्नका लागि धनगढीमा रहेको पुरानो एयरपोर्टमा हेलिप्याड समेत बनाइएको छ । हेलिकप्टर चढ्नेहरुले चार हजारमै धनगढी बजार पूरै अवलोकन गर्नसक्ने उनले जानकारी दिए ।

संघको आयोजनामा १२ वर्षयता हरेक वर्ष सञ्चालन हुँदैआएको सुदूरपश्चिम महोत्सव सोमबार सुरु भएको हो । महोत्सवले यहाँको पर्यटन विकासमा टेवा पुर्याउने आयोजकले अपेक्षा गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.