निर्मलाको स्मृति पार्क शिलान्यास : न्याय कहिले ?

निर्मलाको स्मृति पार्क शिलान्यास : न्याय कहिले ?

महेन्द्रनगर : बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको स्मृतिमा निर्माण हुने बाल उद्यानको शिलान्यास भएको छ। 

बुधबार निर्मलाकी आमा दुर्गादेवी पन्त र वडा नम्बर २ का अध्यक्ष डम्बर कार्कीले स्मृति पार्कको शिलान्यास गरेका हुन्। 

पार्कको हिन्दु परम्पराअनुसार पुजा गरेर शिलान्यास गरिएको हो। भीमदत्त नगरपालिका २ उल्टाखामस्थित निर्मला अध्ययन गर्ने विद्यालय सरस्वती माध्यामिक विद्यालयको हाताभित्र स्मृति पार्क बनाउन लागिएको हो।

‘घट्ना भएको लगत्तै वडाले पार्क बनाउने घोषणा गरेको थियो’ भीमदत्त नगरपालिका २ का वडा अध्यक्ष डम्बर कार्कीले भने, ‘बुधवार शिलान्यास गरिएको छ, अर्को आर्थिक वर्षभित्रमा निर्माण कार्य पूरा हुनेछ।’ विद्यालयले बाल उद्यान निर्माणका लागि हाताभित्र २ कठ्ठा जमिन उपलब्ध गराएको छ। भीमदत्त नगरपालिकाको २ ले १२ लाखको लगानीमा बाल उद्यान बनाउन लागेको हो। 

स्मृति पार्क न्यू जोशी कस्ष्ट्रसनले निर्माण गर्ने छ। निर्मलाकी आमा दुर्गाले छोरीको सम्झनामा पार्क निर्माणको काम थालिनु सकारात्म भएको बताइन्। शिलान्यास कार्यक्रममा उनले छोरीका बलात्कारी र हत्यारा उम्किन नहुने भन्दै न्यायका लागि अझै सबैको सहयोग आवश्यक रहेको बताइन्। 

निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ महिना बित्तासमेत अपराधि पक्राउ परेका छैनन्। घटनाको वास्तविकतासमेत सार्वजनिक भएको छैन।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले अनुसन्धान जारी राखेको छ। साउन १० गते साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी निर्मलाको साउन ११ गते भीमदत्त नगरपालिका २ र १८ को सीमामा पर्ने निम्बुखेडा खोला नजिकैको उखुबारीमा शव भेटिएको थियो। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.