दुर्घटना कम गर्न सडकमै चालकको स्वास्थ्य जाँच

दुर्घटना कम गर्न सडकमै चालकको स्वास्थ्य जाँच

कालिकोट : सवारी दुर्घटना न्युनीकरण गर्न कालिकोटमा चालकको सडकमै स्वास्थ्य परीक्षण गरिएको छ । स्वस्थ चालकले नै सुरक्षितरुपमा सवारी साधन चलाउन सक्छन् भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटको आयोजनामा सवारी चालकहको स्वास्थ्य परीक्षण गरिएको हो । 

सडक दुर्घटना न्यूनीकरण गर्न कर्णाली राजमार्गमा सवारी चलाउने चालकहरुको स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय निमित्त प्रमूख अवल्दार बलबहादुर बस्यालले बताए । 

धेरैको आँखामा समस्या

उनले स्वास्थ्य जाँच गरिएका अधिकांश चालकहरुमा आँखामा कमजोरी देखिएकोे बताए । स्ववास्थ्य परीक्षण गराएका जम्मा ३९ मध्य ४ जनाको आँखा अतिकमजोर भएका पाइको छ । यस्तै ३ जना उच्च रक्त चापका बिरामी, ४ जना कम रक्तचापका समस्या पाइयो । 

दुई जना चालकमा आँखाको समस्या देखिएको छ । उच्च रक्तचाप भएका र आँखामा समस्या भएका चालकलाई तत्काल उपचार गराउन सल्लाह दिएको जिल्ला आँखा अस्पताल कालिकोटका डा डवल अधिकारिले बताए । 

सवारी चालकले समय समयमा स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ तर नियमित स्वास्थ्य जाँच नगर्ने भएकोले जिल्ला अस्पतालमा बोलाएर स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी प्रमूख डिएसपी बिनोद शर्माले बताए । 

शिविरमा जिल्ला आँखा  अस्पताल कालिकोटका प्रमूख डा डवल अधिकारि, जिल्ला अस्पतालमा कार्यरत डा.नहकुल शाहि लगायतका स्वस्थ्यकर्मीले चालकको स्वास्थ्य चेकजाँच गरेका थिए । दुर्घटना न्युनीकरण गर्न सवारी चालकले आफ्नो स्वास्थ्यको समय समयमा चेकजाँच गराई राख्न डिएसपी शर्माले आग्रह पनि गरेका छन् । 

प्रहरीका अनुसार कर्णाली राजमार्गको जुम्ला–सुर्खेत सडकखण्डको सबैभन्दा दुर्घटना हुने जोखिमयुक्त सडक पनि कालिकोटखण्डमै पर्छ । कालिकोट खण्डको दैखोलादेखि नाग्म बजारसम्म बर्षेनी स–साना दुर्घटना र सडक अवरुद्ध भइरहँदा प्रहरीलाई पनि सास्ती भइरहेको छ । कडा चट्टानमा सडक र टेलिफोन सेवासमेत नहुँदा उद्धारमा निकै चुनौती रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.