स्थानीयलाई कुटपिट गरेको आरोपमा विप्लवका नेता पक्राउ
अर्घाखाँची : छत्रदेव गाउँपालिकाबाट प्रहरीले नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका चारजना नेता पक्राउ परेका छन्।
छत्रदेव गाउँपालिका–७ मडेलचौरका स्थानीय भिमलाल पाण्डेलाई कुटपिट गरेको आरोपमा प्रहरीले चारजना स्थानीय नेतालाई पक्राउ गरेक प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिए।
पक्राउमा अर्घाखाँची जिल्ला जनपरिषद् प्रमुख पिताम्वर पोख्रेल, गुल्मी जिल्ला सचिव खिम खड्का, लुम्बिनी ब्युरो सदस्य पूर्ण सिंह र जाजरकोट पाटी सदस्य शिवलाल पुन पक्राउ परेका हुन्।
जिल्ला अदालत अर्घाखाँचीमा रहेको मुद्दा फिर्ता लिन नमानेपछि भिमलाललाई कुटपिट गरेपछि उनीहरू पक्राउ परेका हुन।
कुटपिटमा संलग्न रहेका चारजना पक्राउ परेका छन्। चारजना फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले बताएको छ।