सचिवमाथि झापड प्रकरणको प्रतिवेदन तयार

सचिवमाथि झापड प्रकरणको प्रतिवेदन तयार

जनकपुरधाम : प्रदेश–२ का मन्त्रीले सचिवलाई झापड लगाएको घटनाको छानविन प्रतिवेदन तयार भएको छ। दुई दिन भित्र प्रतिवेदन सार्वजनिक हुने प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री तथा छानविन समितिका संयोजक ज्ञानेन्द्र यादवले जानकारी दिए। 

प्रतिवेदनमा समितिका सदस्य प्रमुख सचिव दीपक सुवेदीको हस्ताक्षर हुन बाँकी रहेकाले प्रतिवेदन सार्वजनिकमा ढिलाई भएको हो। सचिव सुवेदी विदामा भएकाले हस्ताक्षर हुन नसकेको बताइएको छ।

आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रलायका सचिव विद्यानाथ झालाई पुस २९ गते झापड लगाएपछि विवाद चुलिएको थियो। 

सात दिनको समय दिएर छानविन समिति गठन भएको थियो। विभिन्न बाहानबाजी देखाउँदै छनाविन समितिले प्रतिवेदन सार्वजनिक गर्न ढिलाई गरिरहेको छ।

‘प्रतिवेदन तयार गरिसकेका छौं,’ समितिका संयोजक मन्त्री यादवले भने, ‘प्रमुख सचिवको हस्ताक्षर हुने वितिकै प्रतिवेदन मुख्यमन्त्रीज्यूलाई बुझाउँछौं।’

सप्तरीको मलेठ घटनाको पनि प्रतिवेदन तयारी भएको उनले जानकारी दिए। ‘मलेठ घटनाको प्रतिवदेन तयारी अवस्थामा छ ’, उनले भने। 

छानविन समितिका सदस्यसचिव रहेका मुख्य न्यायाधीवक्ता कार्यालयका कर्मचारी सरुवा भएकाले प्रतिवेदनमा उनको हस्ताक्षर हुन सकेको छैन। ‘हस्ताक्षर लिन प्रयासरत छौं,’ मन्त्री यादवले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.