डोल्पामा चौथो पटक हिमपात, जनजीवन कष्टकर बन्दै

डोल्पामा चौथो पटक हिमपात, जनजीवन कष्टकर बन्दै

दुनै,डोल्पा :  हिमाली जिल्ला डोल्पामा माघ महिनामा मात्रै चार पटक भारी हिमपात भएको छ। बुधबार रातिदेखि जिल्लाभर हिमपात भैरहेको छ भने सदरमुकाम दुनैमा हिमपातसँगै वर्षा भइरहेको छ। 

डोल्पाको तापक्रम माइनस १२ पुगेको छ भने जिल्लाभरको जनजीवन चिसो र हिमापातका कारणले जनजीवन प्रभावित भएको छ। 'चिसोले जनजीवन निकै कठिन भएको छ, पशुचौपायलाई घासपात गर्न समेत कठिन भएको छ, जयराम बोहोराले भने।

माथिल्लो डोल्पालगायत करिब ९० प्रतिशत भूभागमा एक फिटसम्म हिउँ जमेको छ। निरन्तर भारी हिमपात भएको यो दोस्रो पटक हो। पहिलो र दोस्रो पटक हिउँमा रमाउनेहरु यस पटक भने वाक्‍क भएका छन्। माघ महिना भरमा एक साता मात्रै घाम लागेको र चिसो अत्याधिक बढेको कारण अब हिमपात नभए दिएजस्तो लाग्ने गरेको रामकर्णी लामाले बताइन्।   

निरन्तरको हिमपात र वर्षाले भने कृषकमा खुसी छाएको छ। हिमपातले यस वर्षको खेतिपाति र यार्सागुम्बा निकै राम्रो हुने र आम्दानीको स्रोत बढ्नेमा ठूलो आशा पलाएको राजबहादुर थापाले बताए। 

हिमपातको कारण माथिल्लो डोल्पाबाट तल्लो डोल्पा आउने सबै मार्गहरु अवरुद्ध भएका छन्। तल्लो डोल्पाका बनमा राखिएका चौरीहरु हिउँपहिरोमा पर्ने चिन्ता बढेको चौरी गोठाला छिनछोइको लामाले बताए। 

माघमा परेको हिउँ भारी हुने र फागुनमा जमिन तातेपछि हिउँ पहिरो जाने भएको कारण हिउँ पहिरोमा परेर सयौं चौरी हराउने संभावना रहेको लामाले सुनाए। 


     
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.