प्रचण्डको वक्तव्य 'स्लिप' भएकै हो : प्रधानमन्त्री

प्रचण्डको वक्तव्य 'स्लिप' भएकै हो : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ‌ओलीले भेनेजुएला प्रकरणमा पार्टी अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्डको वक्तव्य चिप्लिएर आएको बतएका छन्।

टेलिभिजन कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’ मा प्रधानमन्त्री ओलीले आफू विदेशमा भएको बेला वक्तव्य निकालिहाल्नु पर्ने कुनै कारण नभएको बताए। वक्तव्यमा प्रयोग भएको भाषाको बारेमा समेत प्रधानमन्त्रीले असन्तुष्टि जनाए।

कार्यक्रम प्रस्तोता मनोज पाण्डेले कार्यक्रमको अन्त्यमा प्रधानमन्त्रीलाई प्रश्न गरे : 'भेनेजुएलाको विषयलाई लिएर अमेरिका र हाम्रो सम्बन्ध बिग्रिँदैछ भनिँदैछ, सरकारले वैदेशिक सम्बन्ध सुध्रिदै आएको छ भनिरहेको थियो, १७ वर्षपछि अमेरिकासँग सम्बन्ध विस्तार गरिएको भनिएको छ, हिजो यहाँले आफ्नै निवासमा अमेरिकी राजदूतलाई भेट्नुभयो। के कुरा भयो प्रधानमन्त्री ज्यू?'  

>>> भेनेजुएला प्रकरणमा चिप्लिएको छैन : अध्यक्ष दाहाल

उत्तरमा प्रधानमन्त्रीले नेकपाका अध्यक्ष समेत रहेका प्रचण्‍डले चिप्लिएरै यस्तो विज्ञाप्ति सार्वजनिक गरेको बताए। अमेरिका र नेपालको सम्बन्धलाई यो विज्ञप्तिले कुनै प्रभाव नपार्ने समेत उनले प्रष्ट पारे।

यस्तो छ प्रधानमन्त्रीको जवाफ :

यहाँनिर यो प्रसंङ्ग पनि चल्यो जुन वक्तव्यको प्रसंगबाट यतिधेरै तरंग आएको छ अथवा ल्याइएको छ, यो त्यस्तो जरुरी छैन। अलिकति स्लिप भएकै हो, म भोलिपल्ट आउँदै थिएँ अघिल्लैदिन वक्तव्य नदिई नहुने केही कारण परेको थिएन।  जुन भाषा प्रयोग भयो त्यो भाषा पनि अलि उपयुक्त भएन। त्यसले एउटा तरंग ल्यायो। तर, कुनै एकजना साथीले एउटा वक्तव्य दिनुभयो त्यसकै पछाडि देश-देशबीचका सम्बन्ध र राष्ट्र राष्ट्रबीचका सम्बन्धहरू अडेका पनि हुँदैनन्।

यस्ता उतावचडावहरू, स-साना घटनाहरू कहिलेकाहीँ जानेर नजानेर गर्दै गर्दा हुँदै गर्छन्। युद्धको घोषणा त गरिएको छैन त्यहाँ। फेरि अमेरिका यत्रो विशाल र सबल देश हो जहाँ सानासाना जिव पनि बस्छन्। धैरै ठूलो जीवको टाउकामा कुनै सानो जीव बस्यो भने त्यसले थाहा नै पाउँदैन। अमेरिका त्यत्रो देशले यस्ता स-साना कुरामा अल्झिराख्नु बान्छनीय पनि हुँदैन र अल्झिने कुरा पनि छैन।

सम्बन्ध बिग्रियो यस्तो भयो, उस्तो भयो भन्ने कुरा छ त्यस्तो केही होइन। अलिकति आफ्नो नाम लिएर बोलिएको प्रसंगमा अमेरिकालाई अलिकति चित्त दुखेको होला। त्यस्तै चित्त दुखाउने कुरा हो भने त हामीहरू जस्तो सानो देशलाई अर्को कुनै देशको अंग होइन र भन्यो भने अलि धेरै चित्त दुख्ने होइन र ? त्यसकारण यस्ता स-साना स्लिप भएका कुराहरू, त्यसरी ठूला देशहरूका पनि हुन्छन् हामीले देखिरहेका छौँ। त्यसैले एकथरी मान्छेले भयाभह तरिकाले चित्रण गर्न खोजिरहेका छन् त्यस्‍तो होइन। सम्बन्ध सप्रिएकै छन्, सप्रिदै जानेछन्।

प्रस्तोता पाण्डेले अर्को प्रश्न गरे : तपाईँ नेपालमै भएको भए यस्तो विज्ञप्ति आउने थियो ?

आउने थिएन। त्यसमा हाम्रा सु-स्पष्ट नीतिहरू छन्, स्थिर नीतिहरू छन् त्यसकारण यस्तो हुने थिएन। मैले भने नि स्लिप भएकै हो। त्यसैले अल्झिराख्नु बान्छनिय हुँदैन।

हेर्नुस् 'जनतासँग प्रधानमन्त्री'को भिडियोः


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.