कालिकोटको जारकोट-राम्‍नाकोट सडक गाउँपालिकालाई हस्तान्तरण

कालिकोटको जारकोट-राम्‍नाकोट  सडक गाउँपालिकालाई हस्तान्तरण

कालिकोट : जिल्लाको पचालझरना गाउँपालिकास्थित जारकोट- राम्नाकोट जिल्ला सडक गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। नेपाल सरकार र बेलायत सरकारको सहयोगमा उक्त सडक निर्माण भएको हो।

स्थानीय साझेदार संस्था भिडिसेफ नेपालको सामाजिक परिचालन र ग्रामीण पहुँच तेस्रो चरण र्‍याप-३ द्वारा निर्माण सम्पन्न गरिएको जारकोट राम्नाकोट जिल्ला सडकखण्डको ५ दशमलव ५३ किलोमिटर सडक गाउँपालिकालाई हस्तान्तरण गरिएको हो।

झण्डै २४ करोडको लागतमा निर्माण भएको उक्त जिल्ला सडक पचालझरना गाउँपालिका अध्यक्ष खडेगराज सेजुवालको अध्यक्षता तथा राष्टियसभा सदस्य जीवन बुढाको प्रमुख आतिथ्यतामा गाउँपालिकालाई हस्तान्तरण गरिएको हो। सडक हस्तान्तरण कार्यक्रममा सांसद बुढाले जिल्लाको समग्र विकासका लागि पहिलो आवश्यकता सडक रहेको बताउँदै गाउँपालिकाले सबै वडा सडक संजालसँग जोड्ने बताए।उनले गाउँमा यातायातसँगै गाउँको समृद्धि हुने दाबी गरे। 

कार्यक्रममा पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले ग्रामीण पहुँच कार्यक्रमद्वारा जारकोट राम्नाकोट जिल्ला सडकखण्डको ५ दशमलव ५३ किलोमिटर सडक जिल्लाकै नमुना सडक निर्माण गरेको बताउँदै उक्त सडकमा गाडी गुडाउनका लागि कर्णाली नदी मुख्य बाधक बनेको बताए। पुल सर्वे भएको दुई वर्ष भएपनि निर्माण प्रक्रिया भने अगाडी बढेको छैन्। 

उनले कर्णाली नदीको पल्लो किनारसम्म कर्णाली करिडोरमा गाडी गुडिरहेका भएपनि नदीमा पुल नबन्दा नदी पारी निर्माण भएका सडकमा गाडी गुडाउन नसकिएको बता । उनले भने,' ग्रामीण पहुँच कार्यक्रमले नमुना सडक बनाएको छ। अब त्यहाँ झुलुङगे पुलबाट मोटरसाइकल सररर गुडाउनुको विकल्प छैन्।'

जारकोटमा पुल सर्वे भएको दुई वर्ष विते पनि निर्माण प्रक्रिया अगाडी बढेको छैन्। कार्यक्रममा स्थानीय पूर्वाधार विकासका प्रतिनिधि बेदराज रेग्मीले सहयोगी निकायले बनाइ दिएको सडकको संरक्षणमा गाउँपालिकाले चासो दिनुपर्ने बताए।उनले यसका लागि मर्मत संभारलाई जोड दिनुपर्ने बताए।

कार्यक्रममा ग्रामीण पहुँच कार्यक्रमका जिल्ला संयोजक रमेश यौपानेले २४ करोड लागतमा निर्माण भएको उक्त सडकमा करिब २० करोड ९३ लाख रुपैयाँ सिधा मजदुरको हातमा गएको बताए। उनले यस सडकले गाउँमा सडक संजालले जोड्नुका साथै स्थानीय स्तरमा रोजगारीका लागि ठूलो सहयोग गरेको बताए।

स्थानीय साझेदार संस्थाका अध्यक्ष मीनबहादुर बोगटीले जारकोट राम्नाकोट जिल्ला सडकमा महिला र पुरुषलाई समान ज्यालाको व्यवस्था, वातावरणमैत्री निर्माण लगायतका कारण जिल्लाकै नमुना सडक बनेको दाबी गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.