हिमपातले  विद्यालय बन्द

हिमपातले  विद्यालय बन्द

 मुगु : माघ महिनामा मात्र चार पटक हिमपात भएको छ। भारी हिमपात हुँदा अधिकांश शैक्षिक संस्था बन्द भएका छन्। बिहीबार बिहानैदेखि जिल्लामा उच्च क्षेत्रमा हिमपात र अन्य भागमा भारी वर्षा भइरहेको छ। 

चिसो र झरीका कारण विद्यालयमा विद्यार्थीको उपस्थिति कम हुँदा विद्यालय बन्द भएका हुन्। लगातार हिमपातले विद्यालय बन्द हुँदा नजिकिदै गरेको वार्षिक परीक्षा प्रभावित हुने देखिएको छ। 

भारी हिमपातले सबै सरकारी तथा निजी विद्यालय बन्द भएका छन्। जिल्लाको पूर्वी क्षेत्रमा पर्ने करान भेगकाका विद्यालयमा भने हिउदे बिदा दिइएको छ।

छायाँनाथ रारा नगपालिकास्थित महाकाली नमुना माध्यामिक विद्यालयका प्रधानाध्यापक देवबहादुर मल्लका अनुसार विद्यालयमा टाढा टाढाबाट विद्यार्थी पढन आउने गरेका छन्।  
हिमपात हँुदा  विद्यार्थी चिसोले विद्यालय पुग्नै सक्दैनन्। 

जिल्ला भर १ सय ४४ सामुदायिक विद्यालयमध्ये मुगुम कार्मारोङ्ग गाउँपालिका १९ विद्यालयमा हिउदे बिदा दिइएको छ। छाँयानाथ रारा नगरपालिका, खत्याड र सोरु गाउँपालिकाका सबै विद्यालयमा हिमपातले प्रभावित बनाएको जिल्ला शिक्षा समन्वय ईकाईले बताएको छ।

चिसोले पढाई हुन नसक्दा परीक्षामा बाधा पुग्न सक्ने महाँकाली माध्यमिक विजद्यालयका विद्यार्थी  रामबहादुर बुढा बताउँछन्। हिपातले सडक, हवाई यातायात सबै अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.