चिसो मौसम बिर्साउने चर्चित १४ गीत

चिसो मौसम बिर्साउने चर्चित १४ गीत

काठमाडौं : मौसम विभाग भन्छ- अझ तीन दिन पानी पर्छ। अर्थात्, छाता, रेनकोट, प्लास्टिक वा स्याखु नबोकी कतै आवातजावत गर्नु यो माघे झरीमा निको छैन। तर झम्झम पानी परिरहेको यो मौसमलाई तपाईँ च्यालेन्ज गर्न सक्नुहुन्छ- गीतसंगीत सुनेर।

हामीले तपाईँका लागि झरी वा वर्षातलाई 'थिम' बनाएर लेखिएका/गाइएका गीतको सूची बनाएका छौँ। तपाईँ पनि यो सूचीमा अरु गीतहरू थप्न सक्नुहुन्छ अन्तिममा कमेन्ट लेखेर।

हेर्नुस् झरीका चर्चित १४ गीत।


१) झरी परेको दिन....

बबिन प्रधानको यो चर्चित गीत 'हिट्स अफ बबिन प्रधान' बाट लिइएको छ। झरी परेको मौसममा प्रेयसीलाई पर्खेर बसेको प्रेमी ऊ नआउँदा झस्किएको छ तर पर्खिन भने छोडेको छैन। ऊ पर्खिरहेको छ हरिया पहाड र सेता हिमालहरू हेर्दै आफ्नी मायालुलाई।

'झरी परेको दिन आकाश हेरिरहेँ...

तिमी आउने दिन भनी कति पर्खिएँ

कालो बादलले निलो आकाश ढाकिदियो

तिम्रो मुस्कानलाई पर्खिरहेँ....

२) झरी परेछ......

'को होला त्यो' एल्बमको यो गीतमा शब्द, संगीत र स्वर सुनिल गिरीको छ। सुनिलसँगै प्रकृति श्रेष्ठले अभिनय गरेको भिडियोमा झरीसँगै कुइरोसँग लुकामारी खेल्न सकिन्छ अनि पेन्टिङको मजा लिन सकिन्छ।

'झरी परेछ हुस्सु र कुइरोले

मेरी मायालुको गाउँ छेकेछ.......'

३) सिमसिमे पानीमा...

दुई दशकअघिको सुपरहिट लोकगीत 'सिमसिमे पानीमा....' का अनेकौँ भर्सन युट्युबमा भेटिन्छ। रेखा शाहले गाएको यो गीतलाई गोपाल रसाइलीले रिएरेन्ज गरेका छन्। गीतमा अभिनयसमेत रेखाकै छ।  

४) पानी पर्‍यो कहाँ झर्‍यो असिना...

प्रनिल तामाङ र निर्मला लामाले गाएको यो गीत लोक-रक भाकामा छ। यो गीत सुन्नमात्र होइन, झरी परेको दिन फुल भोलुममा बजाएर नाच्न मिल्ने छ।

पानी पर्‍यो कहाँ झर्‍यो असिना

कि देउ रुमाल कि पुछ्द्यौ पसिना...

५)  पानी पर्‍यो सरर...

विपुल क्षेत्रीको 'पानी पर्‍यो सरर....' चर्चित गीत हो। मुलतः यो असारे गीत हो। नेपालीभाषीहरू रहेको कालेबुङ, दार्जिलिङलाई परिवेश मानेर रचना भएको यो गीतको शब्द, संगीत पनि विपुलकै छ। जीवनलाई 'घामछाया' मान्दै गीतले मायालाई सबथोक ठान्छ।

पानी पर्‍यो सरर, छाना बज्यो गरर...

मनमा उठ्यो मेरो आनन्दको लहर....

६) पानीको रिमझिम.....

प्रकाश श्रेष्ठको स्वरमा रहेको यो चर्चित गीतले पानीमा भिजिरहेकी कोही युवतीको बयान गरेको छ।

पानीको रिमझिम बर्षातको बेला धीत मारेर किन रुझेकी

हिस्सी परेको निधार तिम्रो लाजले बेर्थै किन छोपेकी.......

१४) पानी पर्‍यो असिना झर्‍यो...

बिबोइङ डान्स गरेर चर्चित भएका कार्टुन्ज क्र्युको यो गीत र नृत्य सबैमाझ प्रिय छ। गीतको भिडियो हेर्दा तपाईँलाई माघको चिसोमा छमछम नाच्न मन लाग्ने बनाइदिन्छ।

८) चिसो चिसो मौसममा....

भरत सिटौलाको यो गीतले 'मौसमले च्यालेन्ज गर्‍यो' भन्नेहरूको कथा बोकेको छ। यो गीतमा शब्द तथा संगीत पनि सिटौलाकै छ।

चिसो चिसो मौसममा साथीभाइ भेट्दा भयो रमाइलो

त्यही रमाइलो गर्दागर्दा हल्काहल्का चढाइयो...

९) ए झरी नझरिदेऊ यसरी....

एक्लो रातमा परेको झरीमा नवीन के भट्टराई आफ्नी प्रेयसीको याद गर्छन्। उनलाई झरीको रातले प्रियसीको यादमा पागल बनाएको छ। ‘ए झरी नझरिदेऊ यसरी, एकान्त यो रातमा मलाई पागल गरी’ बोलको नवीन के भट्टराईको गीतले झरी र प्रेमीको याद अभिन्न बनाएको छ। डा. अरुण सायामीको शब्द रहेको यो गीतमा संगीत शम्भुजीत बास्कोटाको रहेको छ।

१०) वर्षातमा उनी रुझ्दा...

 एक प्रेमीलाई वर्षातमा रुझिरहेकी प्रेयसीलाई देख्दा आफूलाई पनि पानी बन्न मन लागेको छ। प्रियसीको केसबाट तप्प चुहिएको पानी नै बन्ने रहर उसमा प्रेमले जगाएको छ। रामकृष्ण ढकालको स्वरमा रहेको यो चर्चित गीतले वर्षातलाई प्रेममय बनाएको छ।

११) आकाशैको कालो बादल....

'घिन्ताङ' एल्बमको यो लोकगीतमा तुलसी पराजुली र लोरेतो सिंहको स्वर छ।  

आकाशैको कालो बादल, पानी पर्‍यो झम्मझम्म

मादलुको तालैमा नाचौँ आज छमछम....

१२) सिमसिम पानी...

मेलिना राईको स्वरमा रहेको यो गीतमा निराजन प्रधान र श्रीजना क्षेत्रीको अभिनय रहेको छ। मन्द पानी पर्दा पिरतीमा परेकाहरुलाई रुझ्न निकै प्यारो हुन्छ। मधुर स्वरमा रहेको गीत र पानीको वरिपरि रहेर गरिएको अभिनयले वर्षामा गीत सुमधुर बनेको छ।

सिमसिम पानी पिरतीमा रुझ्नै प्यारो भो

किन होला बुझ्नै गाह्रो भो

१३) छेक्यो छेक्यो देउराली डाँडा..

चर्चित ब्यान्ड नेपथ्यको यो गीतमा हुस्सु र कुइरोले देउराली डाँडा नै छेके पनि मायाको यादलाई छेक्न नसक्ने भाव र भावना पोखिएको छ। रवीन श्रेष्ठले चित्र संयोजन गरेर नेपालका डाँडाकाँडालाई देखाउने देखाएका छन्।

१४) पानी है पर्‍यो रिमीझिमी खोलेर छाता ...

भीमफेदी गाइजले बिबोइङ्ग डान्स गरेको यो गीतको शब्द र संगीतले छमछम नाच्न मन लाग्ने बनाउँछ। राजन लामाको शब्दमा रहेको यो गीतमा भीमफेदी गाइजकै नृत्य रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.