नयाँ अनाैठा ईमोजी : अन्तरजातीय जोडीदेखि धार्मिक समावेशीसम्म
काठमाडौं : भर्चुअल संवादका लागि ईमोजी प्रभावकारी माध्यम मानिन्छ । टेक्स्टको कम प्रयोग गर्दै विभिन्न संकेतबाटै आफ्ना कुरा भन्न सकिने तरिका हो ईमोजी ।
सामाजिक संजालमा थुप्रै ईमोजी भए पनि नियमित प्रयोग भने थोरैको मात्र हुन्छ । धेरैजसो ईमोजी रोचक छन् । हालै संजालमा आएका केही ईमोजी त सन्देशमुलक पनि छन् ।
यूनिकोड कन्सोर्टियमले पछिल्लो साता समावेशी र सन्देशमुलक ईमोजी सार्वजनिक गरेको हो । ५९ वटा नयाँ ईमोजीमध्ये उसले समावेशीकरणमा ध्यान दिएको हो ।
त्यसमध्ये अन्तरर्जातीय जोडी, दृष्टिबिहिनका लागि गाईड डग, रजश्वला भएका महिलाका लागि ‘मेन्स्ट्रुएसन’, धार्मिक अल्पसंख्यक महिलाका लागि हिजाब जस्ता विविधता र समावेशी समेट्नेगरी युनिकोडले ईमोजी ल्याएको हो ।
यस्तै दृष्टिबिहिनका लागि ह्वाइटकेन, ह्विलचियर जस्ता ईमोजी पनि सार्वजनिक गरिएको हो । यस्ता ईमोजीले विविधता र समावेशीकरणलाई समेट्ने पनि अपेक्षा गरिएको छ । जहाँ अन्तरजातीय जोडीमा कालो र सेतो रंगका जोडीले हात समाएको, गाइड डगले दृष्टिबिहीनलाई बाटो देखाउँदै गरेको जस्ता संकेतका ईमोजी छन् ।