सचिवलाई झापड प्रकरण : अख्तियारले थाल्यो उद्यम कार्यक्रमको अनुसन्धान

सचिवलाई झापड प्रकरण : अख्तियारले थाल्यो उद्यम कार्यक्रमको अनुसन्धान

जनकपुरधाम : गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममा आर्थिक अनियमितता भएको भन्दै अख्यितारले अनुसन्धान सुरु गरेको छ । 

प्रदेश–२ सरकारले संचालन गर्न संस्था छनोटका फाइल झिकाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले छानबिन सुरु गरेको हो । 

आर्थिक चलखेलका कारण मन्त्रीले सचिवलाई झापड हानेपछि  अख्यिारमा उजुरी परेको थियो । विवादित उद्यम कार्यक्रमको सबै कागजपत्र झिकाउन अख्तियारले माघ १६ गते पत्रचार गरेको थियो ।

एनजीओमार्फत् प्रदेश २ का आठ जिल्लामा आठ करोडको उद्यम कार्यक्रम संचालन गर्ने योजना थियो  । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रस्ताव आह्वान गर्दा  एक सय ९३ गैरसरकारी संस्थाले दरखास्त दिएका थिए । मापदण्ड पूरा गर्ने ४६ एनजिओ छनोट सूचीमा परेका थिए ।

आफ्नो निकट गैरसरकारी संस्थालाई छनोट नगरेको आक्रोशमा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरेका थिए । 

मन्त्रीले कमिसन लिएर गैरसरकारी संस्था छनोट गराइदिने एनजिओ संचाललकलाई आश्वासन दिएका थिए । तर, छनोट सूचीमै मन्त्रीले सिफासिर गरेको सिरहास्थित लहानको सगरमाथा स्रोत विकास केन्द्र नपरेपछि मन्त्री यादव सचिवमाथि खनिएका थिए ।

मन्त्री यादवले सचिव झालाई पुस २९ गते झापड लगाएसँगै उद्यम कार्यक्रमको छानबिन अख्यितारले थालेको श्रोतले जनाएको छ । घटनापश्चात मुख्यमन्त्री तथा मन्त्रिपरिद्को कार्यालयले उद्यम कार्यक्रमका सबै प्रक्रिया हाललाई स्थगित गर्न निर्णय गरेको थियो । 

संघीय सरकारको शसर्त अनुदानमा गरिबी निवारणको लागि उद्यम कार्यक्रमका लागि प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आशयपत्र आह्वान गरेको थियो । 
 
मन्त्रालयले मंसिरको दोस्रो साता गैर सरकारी संस्था(एनजिओ)लाई आशयपत्र बुझाउन आह्वान गरेको थियो । गत पुस २६ गते छनोटमा परेको गैरसकारी संस्था सूची निकालिएको थियो ।

प्रदेश २ को सरकारले ८ जिल्लामा उद्यमका लागि क्षमता अभिवृद्धि कार्यक्रम लागू गर्न छनोट भएका एनजीओमध्ये धेरैजसो प्रदेश २ बाहिरका परेको र आफूले सिफारिस गरेको एनजीओ नपरेपछि मन्त्रीहरू रुष्ट बनेका थिए । त्यही क्रममा भएको विवादमा मन्त्री यादवले सचिवमथि झापड हानेका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.