चरेससहित एकजना पक्राउ

चरेससहित एकजना पक्राउ

रुकुम : रुकुम पश्चिममा १७ किलो चरेससहित एकजनालाई प्रहरीले प्रक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँफीकोट गाउँपालिका–८ का ४८ वर्षीय जयराम खत्री रहेको प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

उनका अनुसार बुधबार राति सोही गाउँपालिकाको वडा नम्बर ६ तल्लो बजारमा जाँचका क्रममा खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

नदुवाबाट आउँदै गरेको भे ३ प २८८० नम्बरको मोटरसाइकलमा आएका दुई व्यक्तिलाई रोकी नियन्त्रण लिने क्रममा सेतोबोराभित्र लुकाएर राखिएको लागुऔषध चरेस फेला परेको प्रहरीले बताएको छ । पक्राउ परेका खत्रीलाई थप अनुसन्धानका लागि छ दिनको म्याद थप गरिएको बताइएको छ ।
–रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.