हेलिकप्टर उडान छुट्टै रुट

हेलिकप्टर उडान छुट्टै रुट

काठमाडौं : हेलिकप्टर उडानमा आइतबारदेखि नयाँ रुट लागू हुने भएको छ। नियमित उडानका जहाजलाई असर नपर्ने गरी काठमाडौं विमानस्थबाट ६५ सय फिटभन्दा कम उचाईमा उडान गर्ने गरी नयाँ रुट तय गरिएको छ।

नयाँ रुटमा आइतबारदेखि एक महिनासम्म परीक्षण उडान हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उपनिर्देशक सीताराम भण्डारी जानकारी दिए। उनले भने, ‘यसका लागि हामीले पाइलट, इन्जिनियर, एयर ट्राफिक कन्ट्रोलरसहितलाई तालिम दिएका छौं।’ एकमहिने परीक्षण उडानपछि सेफ्टी एसिसमेन्ट हुन्छ। त्यसपछि उक्त रूटलाई स्थायीरूपमा कार्यान्वयन गराइने भण्डारीले बिहीबार अन्नपूर्णलाई जानकारी दिए।

नयाँ हेली रुट लागू भएपछि विमानस्थल कार्यालयबाट हुने नियमित उडानका वायुसेवा र हेलिकप्टरबीचको सञ्चार भार कम हुन्छ। यसका कारण नियमित उडानका वायुसेवासँग सञ्चार गर्न सहज हुने बुझाइ भण्डारीको छ।

हेलिकप्टर आखाँले हेरेर (भीएफआर)मा उडान हुने भएकाले कम उचाइ कायम गरेर उड्न सक्ने र लगातार टावरसँग सम्पर्क गरिहनुनपर्ने हुँदा उडान सहजीकरण हुने हेलिकप्टर सोसाइटीका महासचिव तथा हेली एभरेस्टका प्रमुख कार्यकारी अधिकृत योगराज शर्मा कँडेलले बताए। नयाँ हेली रुट यसअघि मंसिर पहिलो साताबाटै लागू गर्न सोसाइटीले पहल गरेको भए पनि तयारी नपुगेका कारण ढिलो भएको हो।

आइतबारदेखि हुने नयाँ रुट प्रयोग र यसको जानकारीका विषयमा सबै आन्तरिक उडानका वायुसेवा र हेलिकप्टर कम्पनीलाई जानकारी पुगिसकेको शर्माले बताए। उनका अनुसार हेलीलाई जहाजभन्दा कम उचाई कामय गरेर उडान गर्दा पटकपटक टावरसँग सम्पर्क गर्नु नपर्ने भएकाले टावरको फ्रिक्वेन्सीको व्यस्तता पनि कम गराउँछ। ‘टावरसँग हेलीले पाँच नटिकल माइल र २५ नटिकल माइलमा मात्रै सम्पर्क गर्ने गरी काठमाडौं विमानस्थल भित्रिने र बाहिरिने गर्छ। यसका लागि १२ वटा रुट तय भएको र सोहीअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै वायुसेवालाई जानकारी आएको छ’, शर्माले भने।

उपत्यकाबाट बाहिरिँदा र प्रवेश गर्दा गोकर्ण रुटबाहेक टोखा, चाँगुको कात्तिके र नगरकोट पासमा ६५ सय रुटमा उडान हुन्छ। गोकर्णको सुन्दरीजल पासमा ७५०० फिटमा उडान गर्नेछ। भक्त नाला र साँगामा ६ हजार, वागमतीको (ब्राभो, किलो), थानकोट (ब्राभो, किलो), सीतापाइला, मैजुमा ५५ सय फिटमा उडान गर्नेछन्। यसअघि यही रुटमा टावरले दिएको अनुमतिका आधारमा हेलीको उडान हुन्थ्यो।

त्रिभुवन विमानस्थलबाट हुने हवाई चाप बढेसँगै टावरसमेत व्यस्त हुन थालेको र हेली उडानलाई थप सहज बनाउन विकल्प खोजिएको हो। अब भने जहाजभन्दा तल उडान गर्ने हुँदा हेलीका कारण न विमानस्थल व्यस्त हुन्छ न त जहाजलाई नै बाधा पुग्छ। यसबाट सुरक्षामासमेत नकारात्मक असर पर्दैन। यो उडानपछि विमानस्थलमा हवाई चापमा करिब ३३ प्रतिशतसम्म कमी आउने अनुमान सोसाइटीको छ।

हाल विमानस्थलमा आउँदा जहाज आकाशमा होल्ड गर्नुपर्ने समस्या छ। यसले गर्दा इन्धन बढी खपत हुने र जहाज उडान आवर पनि सकिने गर्छ। यो समस्याका कारण हेलिकप्टर पनि पालैपालो उडानमा जाने तथा उडान समय पर्खनुपर्ने अवस्था थियो। अब समस्यामा कमी आउँछ।

हेलिकप्टर सोसाइटीको अग्रसरतामा १२ वटा हेली रुट तय भएको छ। हाल ६ वटा मात्रै रुट छन्। पोखरा र लुक्लामा पनि यस्तो रुट तय हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.