गुगलमा तामाङ, लिम्बु र डोटेली भाषामा पनि टाइप हुने

गुगलमा तामाङ, लिम्बु र डोटेली भाषामा पनि टाइप हुने

काठमाडौं : गुगलको लोकप्रिय कि–बोर्डमा थप भाषा पनि समावेश गरेको छ। कि–बोर्ड जी–बोर्डले थप ५० भाषा आफ्नो प्लेटर्फममा समावेश गरेसँगै अब जीबोर्डमा भाषाको संख्या ५०० पुगेको छ।

हाल समावेश भएका भाषामध्ये अधिकांश सानो संख्यामा बोलिने भाषा छन्। जी–बोर्डले नेपाल, अरेबिक, टर्की, चीन, भारत, सिंगापुर, इन्डोनेसिया लगायतका मुलुकका विभिन्न समुदायले बोल्ने भाषा थपेको हो।

नेपालभित्र बोलिने केही भाषा पनि जी–बोर्डले सपोर्ट गर्ने भएको हो। जसमा डोटेली, पूर्वी तामाङ र लिम्बु भाषा रहेका छन्। यी भाषामा तपाईंले गुगलको कि–बोर्डमा आफूलाई मन पर्ने भाषामा लेख्न सक्नु हुने भएको छ।

गुगलका अनुसार यी भाषामा तत्कालै टाइप गर्न सकिने सेवा सुरु भइसकेको छ। यसका लागि स्मार्ट फोनको गुगल प्ले स्टोरमा गएर जी–बोर्ड एप अपडेट गर्नुपर्ने हुन्छ। हाल यो सुविधा एन्ड्रोइड स्मार्ट फोनमा मात्र उपलब्ध भए पनि आईओएसमा पनि छिट्टै उपलब्ध हुने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.