नयाँ रुपमा भाइबर

नयाँ रुपमा भाइबर

काठमाडौं : नेपालमा सबैभन्दा धेरै प्रयोग हुने च्याटिङ एप भाइबरले नयाँ भर्सनका साथमा नयाँ फिचर लञ्च गरेको छ। कम्पनीले भर्सन १० आईओएस र एन्ड्रोइड दुवै प्रयोगकर्ताका लागि उपलब्ध गराएको हो।

नयाँ अपडेटमा विशेषगरी यूआईको क्षेत्रमा केही ठूला परिवर्तन देख्न सकिन्छ। नयाँ भर्सनमा अल ह्वाइट यूआई राखिएको छ, जुन एप्समा नयाँ ट्रेन्ड हो।

भाइबरको आफ्नो पर्पल कलर पनि साथै राखेको छ। भाइबरको भर्सन १० मा यूनिफाइड च्याट लिस्ट राखिएको छ, जसमा प्राइभेट, ग्रुप र कम्युनिटिज च्याटहरू एकै स्थानमा हेर्न सकिन्छ।

अब विभिन्न च्याटका लागि फरक फरक स्क्रिनमा जाने समस्या हटेको छ। यसअघि यस्तो सुविधा ह्वाट्स एप र टेलिग्रामजस्ता एप्समा उपलब्ध छन्।

भाइबरमा कल स्क्रिन पनि नयाँ बनाइएको छ, जसमा तपाईंका सबै कल एउटै लिस्टमा हेर्न सकिन्छ। अझ महत्वपूर्ण भनेको तपाईंले भाइबर आउट ब्यालेन्स रकम र सब्सक्रिप्सन सो स्क्रिनको माथिल्लो भागमा हेर्न सक्नुहुनेछ। भाइबरले नयाँ भर्सन अपडेटका साथमा नयाँ फिचर पनि ल्याएको छ, जसमा मानिसले आफ्नो नम्बर सार्वजनिक नगरिकनै च्याट गर्न सक्नेछन्।

कम्युनिटिज च्याटिङभित्र तपाईंले अब अन्य मानिसलाई एकअर्काको नम्बर सार्वजनिक नगरिकनै मेसेज पठाउन सक्नुहुनेछ। यसका लागि ‘हिडन नम्बर च्याट्स’ फिचर प्रयोग गर्नुपर्ने हुन्छ। भाइबरले ग्रुप कलिङ ल्याउने क्रममा रहेको प्रतिवद्धता जाहेर गरेको छ।

यो सुविधामार्फत तपाईंले आफ्ना भाइबरमा रहेका ५ जनासँग एकैपटक ग्रुप भ्वाइस कल गर्न सक्नुहुनेछ। भाइबरको भर्सन १० हाल एप स्टोरमा उपलब्ध भइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.