सरकार नसच्चिए कार्यकर्तासँगै जनतालाई सडकमा उतार्छाैँ : प्रकाशशरण

सरकार नसच्चिए कार्यकर्तासँगै जनतालाई सडकमा उतार्छाैँ  : प्रकाशशरण

बेसीशहर : नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकार नसच्चिए विरोधका कार्यक्रम सशक्त बनाउने  चेतावनी दिएका छन् । 

‘तपाईहरु सच्चिनुहोस भन्ने हाम्रो मूल आशय यही हो । अब उहाँहरु सच्चिने बाटोमा जानुभएन भने हामीले विरोधका कार्यक्रमलाई अझ शसक्त बनाउनुपर्ने हुन्छ’, शुक्रबार प्रेस युनियन लमजुङले बेसीशहरमा गरेको पत्रकार भेटघाटमा बोल्दै नेता महतले भने, ‘तर हाम्रो इच्छा के छ भने यो बाटोमा जान नपरोस् ।’

विपक्षीप्रति सरकार अहिष्णु बन्दै गएको उनको आरोप थियो । सरकारसँगै सभामुखले पनि संसदीय मर्यादालाई सम्मान नगरेको उनले बताए । 

सरकारले जनमुखी काम गर्न नसकेपछि विरोधमा उत्रनुपरेको उनको भनाई थियो । ‘अहिले कांग्रेस कार्यकर्ता मात्र सडकमा आएका छन्’, महतले भने, ‘सरकारको यस्तै रबैया रहिरहे भोली जनता नै सडकमा आउँछन् ।’ सरकारको कामप्रति स्वयम् नेकपाकै कार्यकर्ताहरु असन्तुष्ट बन्दै गएको उनले दाबी गरे । 

महंगी बढेको, अनावश्यक र अनायासै बढेको करको दायराका कारण जनताको ढाड सेक्ने काममात्र भएको तर यस्तो बेथिति नियन्त्रणतर्फ ध्यान नजाँदा सरकारको चौतर्फी आलोचना बढ्दै गएको उनले बताए ।

विदेशी लगानी गत सालभन्दा ७५ प्रतिशतले घटेकोे भन्दै उनले देशमा लगानीको वातावरण विग्रदै गएको बताए । देशमा विदेशी लगानी घट्ने र भ्रष्टाचारको दर बढ्दै जानु चिन्ताको विषय भएको उनले बताए । 

कांग्रेस अब संगठन सुदृढीकरणमा नयाँ रणनीतिका साथ अगाडी बढ्ने उनले बताए । पार्टी सुदुढीकरणका साथै लोकतन्त्रमाथि विश्वास गर्ने वर्गलाई विश्वस्त तुल्याएर अघि बढ्ने उनको भनाई थियो । 

‘अब देशब्यापी रुपमा सदस्या अभियान बढाउँछौँ, प्रशिक्षण अभियान बढाउँछौँ, जनताको विचमा जान्छौ’, उनले भने, ‘महासमिति बैठकले पास गरेका राजनीतिक, आर्थिक, सामाजिक अभियान तलसम्म लैजान्छौँ ।’

भेनेजुएला प्रकरणबारे बोल्दै नेता महतले लोकतन्त्र नभएको भेनेजुयलालाई रोलमोडल मानेर सरकारले नेपाललाई पनि त्यही बाटोमा लैजान खोजेको आरोप लगाए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.