धनगढी प्रिमियर लिगको ट्रफी सार्वजनिक

धनगढी प्रिमियर लिगको ट्रफी सार्वजनिक

धनगढी : धनगढी प्रिमियर लिग (डिपिएल) तेस्रो संस्करणको ट्रफी सार्वजनिक गरिएको छ । धनगढीमा एक कार्यक्रम गरेर सबै क्लबका प्रतिनिधि खेलाडीसहित आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही र डिपिएलका सदभावना दूत जोन्टी रोडले संयुक्तरुपमा ट्रफी सार्वजनिक गरे । 

जन्टी रोड दक्षिण अफ्रिकाका पुर्व खेलाडी तथा प्रशिक्षक हुन् । उनी फिल्डिङका विज्ञ हुन् । डिपिएलमा उनी मुख्य आकर्षण रहनेछन् । ट्रफी सार्वजनिकका क्रममा तेस्रो संस्करणको धनगढी प्रिमियर लिगलाई केही विशेष बनाउन लागिएको छ । पुरस्कार राशी पनि बढाएर ३० लाख पुर्‍याइएको आयोजकले जनाकारी दिएको छ । 

डिपिएलको तेस्रो संस्करणमा उत्कृष्ट खेलाडीलाई दिइने गोल्डस्टार सुनको स्पाइक पनि सार्वजनिक गरिएको छ । डोल्डन स्पाइकको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही र डिपिएलका सदभावना दूत जोन्टी रोडले सार्वजनिक गरे । 

डिपिएल तेस्रो संस्करणमा स्थानीय टोली धनगढी स्टार्स, सिवाईसी अत्तरिया, महेन्द्रनगर युनाइटेडसँगै काठमाडौँ, विराटनगर र रुपन्देहीले प्रतिस्पर्धा गर्नेछन् । 

दुई दिन सर्‍यो

प्रतिकुल मौसमका कारण मैदान हिलाम्य भएपछि शनिबारबाट सुरु हुने भनिएको धनगढी प्रिमियर लिग दुई दिन पछाडि धकेलिएको छ । 

सुदूरपश्चिम क्षेत्रबाट नेपाल प्रवेश गरेको मनसुनी हावाले यस क्षेत्रमा दुई दिनदेखि वर्षा भइरहेको छ । विहीबार राती भएको वर्षाले फाप्ला क्रिकेट मैदान हिलाम्य भएपछि प्रतियोगिता दुई दिन पछाडि सारिएको हो । 

दुई संस्करण संघीय प्रहरी कार्यालयको खेल मैदानमा भएको डिपिएलको तेस्रो संस्करणका लागि फाप्ला क्रिकेट मैदान तयार पारिएको थियो । मोहना नदीको किनारमा रहेको जग्गामा बनाइएको फाप्लामा गतवर्ष मात्रै माटो भरिएकाले बर्षाले हिलाम्य भएको छ । 

हिलाम्य मैदानमा क्रिकेट खेलाउन समस्या भएकाले प्रतियोगिता एक दिन सारिएको हो । यद्यपि आयोजकले यसको आधिकारिक घोषण गरेको छैन । सबै खेलको प्रत्यक्ष प्रसारण एपीवान टेलिभिजनले गर्नेछ ।

अत्तरियाको जर्सी 

डिपिएलको स्थानीय टोली सिवाईसी अत्तरियाले जर्सी सार्वजनिक गरेको छ । धनगढीमा एक कार्यक्रमको आयोजना गर्दै विदेशी प्रशिक्षक रायन मारुन र डिपिएलका सदभावना दुत जोन्टी रोड्सको उपस्थितिमा अत्तरियाले जर्सी सार्जजनिक गरेको हो । 

जर्सी सार्जजनिक कार्यक्रममा अत्तरियाका कप्तान दिपेन्द्रसिंह ऐरीले प्रतियोगिताका लागि टोली तयार रहेको बताए । उनले यसपाली उपाधी कब्जा गर्ने दाबी गरे । जर्सी सार्वजनिक कार्यक्रममा टिमका मालिक नरबहादुर राई र गोल्डेन गेट कलेजका सञ्चालक युवराज शर्मासहित उपस्थित थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.