चौथो राष्ट्रिय पुरुष भलिबल : फाइनलमा पुगे गण्डकी प्रदेश र नमूनादीप

चौथो राष्ट्रिय पुरुष भलिबल : फाइनलमा पुगे गण्डकी प्रदेश र नमूनादीप

रामेछाप : मन्थलीमा जारी मन्थली मेयर कप रामेछाप सिभिल च्याम्पियनसिप चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा गण्डकी प्रदेश र नमूना दीप युवा क्लब पुगेका छन् । 

शुक्रबार भएको सेमीफाइनलमा दुवै टिमले जित निकाल्दै फाइनल यात्रा तय रहेका हुन् । सेमीफाइनलको पहिलो खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर १ लाई २५–२१, २५–९ र २५–२० को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो । 

दोस्रो सेमीफाइनल खेलमा नमूना दीप युवा क्लबले शान्तिदीप युवा क्लबलाई २५–१८, २१–२५, २६–२४ र २५–१३ (३–१ कोे सेट) को अन्तरमा पराजित गर्दै फाइनल पुगेको हो । 

प्रतियोगितामा तेस्रो स्थानमा लागि प्रदेश नम्बर १ विरुद्ध शान्तिदीप युवा क्लब प्रतिस्पर्धा गर्नेछन् । रामेछाप सिभिल च्याम्पियनसिप प्रतियोगितामा ९ टिमले सहभागिता जनाएका थिए। 

सहभागी सबै टिमहरुमा राष्ट्रिय खेलाडीहरु समावेश छन् । फाइनल खेल शनिबार हुने आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुरुषोत्तम कडरियाले जानकारी दिए । 

मन्थली नगरपालिका सहआयोजक रहेको प्रतियोगिताको विजेता टोलीले ३ लाख, दोस्रोले २ लाख, तेस्रोले १ लाख र चौथोले ५० हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र पाउनेछन् । 

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार नगद पुरस्कार पाउने छन् । व्यक्तिगत विधातर्फ सर्बर, ब्लकर, स्पाइकर, डिफेन्डर, सेटर र प्रशिक्षकले १०÷१० हजार नगद पाउने छन् । 

प्रतियोगितामा सहभागी टिमका खेलाडीको भत्ता र यातायात खर्च आयोजकले व्यहोरेको छ । प्रत्येक खेलाडीलाई दैनिक १२ सय भत्ता दिइएको छ । अघिल्लो संस्करणको उपाधि सुदूरपश्चिमले चुमेको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.