नेपाल–भारत वाणिज्य सन्धि पुनरावलोकनको विषयमा छलफल

नेपाल–भारत वाणिज्य सन्धि पुनरावलोकनको विषयमा छलफल

पोखरा : नेपाल–भारत वाणिज्य सन्धि पुनरावलोकनको विषयमा छलफल सुरु भएको छ। पोखरामा बिहीबारदेखि द्विपक्षीय छलफल सुरु भएको हो। 

दुई दिन सम्म चल्ने छलफलमा कृषि तथा औद्योगिक वस्तु आयात लगायतका विषयमा छलफल हुने भएको छ। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजुले भारतसँगको व्यापार घाटा बढिरहेकोले त्यसलाई घटाउने तथा समयानुकूल बनाउने विषयमा छलफल भइरहेको बताए।
बैठकमा नेपालको तर्फबाट मुख्य रुपमा कृषि तथा औंद्योगिक सामानमा दिँदै आएको सुविधा पुनरावलोकनका विषयमा छलफल भएको सहसचिव सैंजुले बताए। भरतीय पक्ष छलफलका क्रममा यस विषयमा सकरात्मक देखिएको पनि उनले सुनाए। 

नेपाली र भारतीय पक्षले उठाएका नयाँ र पुराना विषयमा छलफल गरी सहमती भएपछि यस विषयमा फेरी दुबै पक्षले आआप्नो स्टेक होल्डरकोमा लगेर छलफल गरेपछि कसरी जाने भन्ने निक्यौल गरी पूर्ण बैठक बसी टुंगो लगाउने उनले बताए।

वाणिज्य सन्धिका विषयमा पोखरामा भएको बैठक दोस्रो हो।  छलफलमा ९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सहसचिज सैंजुले गरेका छन्। सात सदस्य भारतीय प्रतिनिधिमण्डलको नेतृत्व सहसचिव भुपेन्द्र भल्लाले गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.