गाडी जलाएको अभियोगमा पक्राउ नेविसंघ कार्यकर्ता छुटे
पोखरा : सार्वजनिक विदाको दिन चलाएको भन्दै गत माघ १९ गते सरकारी गाडी जलाएको अभियोगमा पोखराबाट पक्राउ कांग्रेसनिकट नेविसंघका तीन कार्यकर्ता रिहा भएका छन् ।
गाडी जलाएको अभियोगमा पक्राउ गरेर प्रहरीले सार्वजनिक अपराध अभियोगमा मुद्दा चलाएका नेविसंघका कार्यकर्ताहरु परशुराम बस्नेत, डिफान भुजेल र बिनय पौडेल जिल्ला अदालत कास्कीको आदेशमा साधारण तारेखमा रिहा भएका हुन् ।
नेविसंघका केन्द्रीय सदस्य नवराज त्रिपाठीका अनुसार उनीहरुसँगै पक्राउ परेका नेविसंघका कार्यकर्ताहरु लक्ष्मी पौडेल र राजेन्द्र बराल भने यसअघि नै रिहा भइसकेका थिए ।
उनीहरुले गत माघ १९ गते शनिबार बिहान पोखरा महानगरपालिकाको बा १ झ ५८७९ नम्बरको पिकअप भ्यानमा पेट्रोल छर्केर आगो लगाएका थिए। आगोले गाडी पूर्ण रुपमा जलेको थियो ।