‘सय कडा दश’ हेरेपछि मुख्यमन्त्रीले भने : यस्तो फिल्म पहिलो पटक हेरेँ

‘सय कडा दश’ हेरेपछि मुख्यमन्त्रीले भने : यस्तो फिल्म पहिलो पटक हेरेँ

हेटौंडा : प्रदेश–३का मुख्यमन्त्री डोरमणि पौडेलले ‘सय कडा दश’ चलचित्रले नेपालमा मौलाएको भ्रष्ट्राचारलाई चित्रण गरेको बताएका छन्। हेटौंडाको एनएस सिनेमा हलमा चलचित्र हेरेपछि उनले भने,‘यस्तो खालको फिल्म जीवनमा पहिलो चोटी हेरेको हो। यसले केही न केही सन्देश दिन खोजेको छ।’ 

नेपाल सरकारसँगै प्रदेश सरकार भ्रष्ट्राचार न्युनिकरणमा एकजुट भएको भन्दै उनले ‘सय कडा दश’ युवाहरुले हेर्नैपर्ने नेपाली चलचित्र भएको बताए। चलचित्रले समाज सुधार अभियानमा सहयोग गर्ने भन्दै उनले चलचित्र टोलीलाई आभार समेत व्यक्त गरे।

प्रदेश–३ सभा सदस्य मुनु सिग्देलले मुलुकको परिवर्तन र भ्रष्ट्राचार शुन्य बनाउन यस्ता सन्देशमुल चलचित्रले सहयोग गर्ने बताइन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्व आयुक्त वासुदेव लामिछानेले चलचित्रले कर्मचारीहरुमा ब्याप्त भ्रष्ट्राचारको चित्रण गरेको बताए।

चलचित्रका नायक मध्येका एक उत्सव न्यौपानेले दर्शक र उच्च पदस्थ व्यक्तित्वहरुको साथ चलचित्रले पाएकाले भन्दै सय कडा दश चलचित्र मात्र नभएर परिवर्तनमूलक अभियान भएको बताए। चलचित्रका निर्देशक रामशरण पाठकले चलचित्रख नेता, कर्मचारी, बिद्यार्थी, उद्योगीसँगै सामाजिक अभियान्ताहरु मन पराएको बताए। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.