आमाको पक्षमा नारा : कोख मेरो सन्तान कसको ? (फोटो फिचर)

आमाको पक्षमा नारा : कोख मेरो सन्तान कसको ? (फोटो फिचर)

काठमाडौं : भक्तपुरमा आफैँले जन्माएको छोरालाई आफ्नै नामबाट नागरिकता दिलाउन नपाएपछि एक महिलाले २०७० साउन १९ गते आत्महत्या गरिन् । उक्त घटनाको असर अझै सेलाएको छैन ।

अर्थात् आमाको नामबाट नागरिकता पाउने अधिकार व्यवहारमा अझै लागू हुन सकेको छैन । कुनै पुरुषले आफ्नो सन्तानलाई नागरिकता दिलाउन सजिलै सक्ने तर महिलाको लागि अनेक शर्त लागु हुने अवस्था अन्त्य नहुँदा अधिकारकर्मी तथा सरोकारवालाहरुले चासो देखाउँदै आएका छन् ।

आज शुक्रबार दिउसो नयाँ बानेश्वरमा सयौंको संख्यामा महिला अधिकारकर्मीहरुले यही अधिकारको पक्षमा आवाज उठाए । भक्तपुरको उक्त घटनामा आधारित बानेश्वरमा एक नाटक समेत मन्चन गरिएको थियो । शैली थिएटरले तयार पारेको नाटक हेर्न सयौंको भीड थियो । महिला विकास तथा कानुन मन्चको सहकार्यमा शैली थिएटरले उक्त नाडक मन्चन गरेको हो ।

नाटकसँगै यहाँ महिला अधिकारकर्मी प्रदर्शनकारीहरुले सरकार अझै महिलालाई अधिकार दिन तयार नभएको भन्दै नारावाजी समेत गरेका थिए ।

सबै तस्बिर : सुनिता डंगोल


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.