शिक्षण पेसा छाडेर अलैंचीखेती

शिक्षण पेसा छाडेर अलैंचीखेती

पाँचथर : केही वर्षयता अलैंचीको उत्पादन र मूल्यमा गिरावट आएको छ। लगानी र मेहनत बढाए पनि अलैंचीबाट आम्दानी खस्किएपछि अधिकांश किसान खेतीको विकल्प खोजीमा छन्। तर, पाँचथरको फालेलुङ गाउँपालिका–७ सिदिनका एक शिक्षक भने पेसा परिवर्तन गरेर अलैंची खेतीमा होमिएका छन्।

४० वर्षीय रामेश्वर लावतीले शिक्षण पेशा छाडेर अलैंची खेती रोजेका हुन्। सिद्धदेवी माध्यमिक विद्यालय सिदिनमा १० वर्ष शिक्षण गरेका लावती पेसा परिवर्तन गरेर दुई वर्षयता अलैंची खेती गरिरहेका छन्। ‘कृषि नै कमाउने दिगो र भरपर्दो माध्यम रहेछ’, लावती भन्छन्, ‘नगदेबालीबाट राम्ररी आम्दानी गर्न सकिन्छ भनेरै अलैैंची खेतीमा लागेको छु।’

अलैंची खेतीबाट चाँडै आर्थिक फड्को मार्न सकिने ठहर गरेर आफू अलैंची खेतीमा लागेको उनको भनाइ छ। उनले अलैंची खेतीबाट राम्रो आम्दानी त गरेका छैनन् तर, भविष्यमा यसैबाट सफल बन्ने अठोट सुनाए। ‘सपना धेरै ठूला थिए’, लावती भन्छन्, ‘तर, सपना साकार पार्न व्यावसायिक अलैंची खेती गर्नुपर्छ भन्ने ठहर गरेर यतातिर होमिएको छु।’ अलैंचीको बगान बिस्तार अभियानलाई तीब्रता दिएर उनले लोभलाग्दो बनाएका छन्। ‘रोपेको तीन वर्ष पछिदेखि मात्र अलैंचीले राम्ररी फल दिन्छ’, उनले भने, ‘तर मैले लगाएको अलैंची बगानमा एक वर्षमै फल्न थाल्यो।’

१२ रोपनी जमिनबाट उनले अलैंची बगान बिस्तार गर्न थालेका हुन्। अहिले २० रोपनी जमिनमा खेती गरेका लावती अझै बगान विस्तार गर्ने योजनामा छन्। सिद्धदेवी माविका प्रधानाध्यापक सुरेन्द्र केरुङका अनुसार शिक्षण पेशामा लावती सन्तुष्ट थिएनन्। ‘उमेर हुँदै केही गर्नुपर्छ भनेर लावतीले शिक्षण पेशाबाट राजीनामा दिनुभयो’, केरुङले भने, ‘उहाँको यस्तो निर्णयले सबैलाई चकित पारिदिएको थियो। परिणाम हेर्न बाँकी छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.