गणेशमान सिंह बक्सिङ : आर्मी महिलामा च्याम्पियन

गणेशमान सिंह बक्सिङ : आर्मी महिलामा च्याम्पियन

काठमाडौं : वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिलातर्फको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। आर्मीले तीन स्वर्ण, दुई रजत र एक कांस्य जित्यो। विजेतालाई गणेशमान सिंह फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंह, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, प्रतियोगिता संयोजक राजीव श्रेष्ठले पुरस्कार प्रदान गरे।

शुक्रबार भएको फाइनलमा ६०-६४ केजी तौलसमूहमा आर्मीका पुनम रावलले एपीएफकी सरस्वती रानालाई पराजित गरिन्। ५४-५७ केजीमा आर्मीकी चन्द्रकला थापाले एपीएफकै सुलभ थापामगरलाई हराउँदा ५१-५४ केजीमा आर्मीकी मीनु गुरुङले नेपाल पुलिस क्लबकी निशा तामाङलाई पराजित गरिन्।

एपीएफका लागि संगीता सुनार र माला राईले स्वर्ण पदक जिते। संगीताले ५७-६० केजी तौलसमूहमा आर्मीकी सविना श्रेष्ठलाई हराइन्। मालाले ४८-५१ केजीमा आर्मीकै विमला श्रेष्ठलाई पराजित गरिन्। ४६-४८ केजी तौलसमूहमा पुलिसकी दिवाना शेर्माले आफ्नो विभागका लागि एकमात्र स्वर्ण पदक जित्ने क्रममा प्रदेश ५ की सुशीला थापालाई पराजित गरिन्।

यसैगरी पुरुषको ४९ केजीमा एपीएफक प्रदीप महर्जनले प्रदेश ७ का भानु विष्ट तथा आर्मीका सुशील थापाले प्रदेश ६ का मोहन गुरुङलाई पराजित गर्दै फाइनलमा स्थान बनाए। आर्मीकै प्रेम चौधरीले ५२ केजी तौलसमूहमा प्रदेश १ का सुलभराज तुलाधरलाई हराए। एपीएफका विक्रम परियारले पुलिसका चन्द्रबहादुर थापालाई हराउँदै फाइनलमा स्थान बनाए।

शुक्रबार भएको खेलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबका खेलाडी प्रतिस्पर्धा गर्दै । तस्बिर : दीपेन श्रेष्ठ

एपीएफका पुरन राई प्रदेश २ का गणेश थापालाई हराउँदै ५६ केजीको उपाधि नजिक पुगे। प्रदेश ७ का महेन्द्र चन्दलाई हराएका आर्मीका विमल रोकाले पुरनसँग फाइनलमा खेल्नेछन्। ६० केजी तौलसमूहमा आर्मीका एकबहादुर घलेले प्रदेश ५ का गणेश थापामगरबाट वाकओभर पाउँदै फाइनलमा स्थान बनाए। पुलिसका दिनेश श्रेष्ठले एपीएफका प्रकाश लिम्बूलाई हराउँदै एकबहादुरसँग उपाधि भिडन्त पक्का गरे।

पुलिसका भूपेन्द्र थापा र एपीएफक सोनाम सार्कीले ६४ केजी तौलसमूहको उपाधिका लागि खेल्नेछन्। भूपेन्द्रले आर्मीका सुरेश नेपालीलाई हराउँदा सोनामले प्रदेश ६ का इन्द्र सुनारलाई पाखा लगाए। ६९ केजीमा आर्मीका विष्णुप्रसाद घलेले प्रदेश १ का राजेश गुरुङलाई नकआउट गरे। एपीएफका विकास लामाले प्रदेश ३ का मनीष डंगोललाई हराउँदै उपाधि भिडन्त पक्का गरे।

यसैगरी ७५ केजी तौलसमूहमा एपीएफका सुमन कार्की र आर्मीका दीपक श्रेष्ठ फाइनल पुगेका छन्। सुमनले प्रदेश २ का दिवस गुरुङलाई हराउँदा दीपकले प्रदेश ३ का दिवेश भूमिलाललाई नकआउट गरेका थिए। आर्मीका रवि सुनारले प्रदेश ७ का हिक्मतबहादुर शाहीलाई हराउँदै ८१ केजीको फाइनलमा स्थान बनाए। उनलाई प्रदेश ५ का केशर खत्रीले चुनौती दिनेछन्। केशरले प्रदेश ४ का सुसन पुनलाई नकआउट गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.