पूर्व एमालेले अमेरिकासँग खुट्टा कमाए : केसी

पूर्व एमालेले अमेरिकासँग खुट्टा कमाए : केसी

बुटवल : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भेनेजुयलाको विषयमा पूर्व एमालेहरूले अमेरिकासँग खुट्टा कमाएको दाबी गरेका छन्। नेकपाभित्र सोही विषयमा चर्को मतभेद भइरहेका बेला पूर्वमाओवादी अडिग बनेको तर एमाले डराएको बताए।

उनले जनमोर्चा अमेरिकाको विपक्षमा रहेको जिकिर गरे। उनले संसारका कुनै पनि न्यायप्रेपी जनतालाई अमेरिकी हस्तक्षेप स्विकार्य नहुने उल्लेख गरे। बुटवलमा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा केसीले भने–‘संसारमा जहाँसुकै जनताको न्यायपूर्ण आन्दोलनको समर्थन गर्नुपछ। अन्याय गर्नेको विरोध गर्नुपर्छ।’ उनले भेनेजुयलामा अमेरिका लगायत कतिपय युरोपियन देशले हस्तक्षेप गरेको बताए।

अमेरिकी हस्तक्षेप नाजायज, गलत र अप्रजातान्त्रिक भएको केसीले बताए। भेनेजुयला प्रकरणबारे नेकपाभित्र पनि अहिले मतभेद भइरहेको भन्दै एक पक्षले अमेरिकासँग खुट्टा कमाएको केसीले आरोप लगाए। ‘पूर्व माओवादीहरु स्पष्ट हुनुहुन्छ। एमालेमा रहेकाहरूले खुट्टा कमाइरहनुभएको छ। अमेरिकालाई चिढ्याउन हुन्न भन्नुभएको छ,’ उनले भने–‘त्यस्तो दोधारे नीति हुन हुन्न। स्पष्ट हुनुपर्छ।’ केसीले नेकपाको सरकार दुई तिहाइको बलियो देखिए पनि एकता टिक्छ भनेर विश्वास गर्ने आधार नभएको बताए।

विगतमा एमाले र माओवादी गठबन्धनको सरकार हुँदा प्रचण्ड कांग्रेससँग मिलेको उदाहरण दिँदै उनले भने– ‘आफ्नै सरकारका विरुद्ध अविश्वासको प्रस्ताव कसैले राख्न सक्ला। त्यसैले यस्तो सरकारलाई जो कोहीले खेलाउन सक्छ।’

केसीले संघीय प्रणालीका कारण मुलुक अहिले अस्तव्यस्त बनेको बताए। उनले संघीयताप्रति जनतामा भएको भ्रम पनि हट्दै गएको भन्दै कांग्रेस र नेकपाकै नेताको मनमा संघीयता कसरी पार लगाउने भन्ने चिन्ता भएको उल्लेख गरे। ‘अहिले प्रदेशको न्वारन गर्न पनि हम्मेहम्मे भएको छ,’ उनले भने– ‘सिंहदरबारमा हुने भ्रष्टाचार तल गयो। प्रदेशमा पहिलो पटक गाडी किन्दा नै भ्रष्टाचार हुनु दुखद हो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.