उत्कृष्ट पुनरागमन गर्दै रियल मड्रिड दोस्रो स्थानमा

उत्कृष्ट पुनरागमन गर्दै रियल मड्रिड दोस्रो स्थानमा

मड्रिड : स्पेनिस ला लिगामा निरन्तर पछि परिरहेको रियल मड्रिडले उत्कृष्ट पुनरागमन गरेको छ ।  शनिबारको खेलमा बलियो प्रतिद्वन्द्वी एथ्लेटिको मड्रिडलाई उसकै मैदानमा ३–१ ले पराजित गरी रियल मड्रिड अंक तालिकाको दोस्रो स्थानमा उक्लिन सफल भएको छ । 

रियलको महत्वपूर्ण जितका लागि कस्मिरो, रामोस र बेलले एक–एक गोल गरे । कस्मिरोले १६ औं मिनेटमा गोल गरी रियललाई सुरुवाती अग्रता दिलाएका थिए । तर त्यो अग्रता धेरै बेर रहेन एथ्लेटिको मड्रिडका लागि ग्रिजम्यानले २५ औं मिनेटमा गोल गरी खेल बराबरी बनाए ।

रियल मड्रिडले पहिलो हाफकाो उत्तराद्र्धतिर पेनाल्टीको अवसर पायो । खेलको ४२ औं मिनेटमा कप्तान रामोसले त्यसलाई गोलमा परिणत गर्दा पहिलो हाफमै रियल २–१ को अग्रता बनाउन सफल भयो । बेलले ७४ औं मिनेटमा गोल गरी रियलको अग्रता ३–१ बनाए ।  रियल मड्रिडको निरन्तरको आक्रमण र अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिएपछि एथ्लेटिको खेलमा फर्किन सकेन । 

८२ औं मिनेटमा मिडफिल्डर टेये थोमस दोहोरो पँहेलो कार्ड खादै बाहिरिएपछि एथ्लेटिको मड्रिड १० खेलाडीमा सीमित हुन पुगेको थियो । जितपछि निकै समयदेखि निरन्तर दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडलाई पछि पार्दै रियल दोस्रो स्थानमा उक्लिन सफल भएको छ । २३ खेलबाट रियल मड्रिडको ४५ अंक छ भने समान खेलबाट एथ्लेटिको मड्रिडको ४४ अंक छ । एक खेल कम खेलेको बार्सिलोना ५० अंकका साथ शीर्ष स्थानमा छ । लगातार दुई खेलमा हार व्यहोरेपछि एथ्लेटिको मड्रिड तेस्रो स्थानमा झरेको हो । 

ला लिगाको यस सिजनका सुरुका कही खेलमा उत्कृष्ट प्रदर्शन गरेको रियल मड्रिडले बीचमा खराब प्रदर्शन गर्दा छैटौं स्थानमा पुगेको थियो । पछिल्ला खेलमा निरन्तर जित निकाल्दै दोस्रो स्थानमा उक्लिन सफल भएको छ ।  ला लिगाको यस सिजनका २३ खेलमा रियलले १४ मा जित निकाल्दा ६ खेलमा हार व्यहोरेको छ भने ३ मा बराबरी खेलेको छ ।  

२०१७÷१७ सिजनको ला लिगा उपधि जितेको रियल २०१७÷१८ मा तेस्रो स्थानमा रहदै लिग अन्त्य गरेको थियो ।  


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.