ईआर ब्वाइज र बीडीएफसीएको विजयी सुरुवात

ईआर ब्वाइज र बीडीएफसीएको विजयी सुरुवात

भक्तपुर : ईआर ब्वाइज र भक्तपुर जिल्ला फुटबल क्लव एसोसियसन (बीडीएफसीए) भक्तपुरमा आइतबारदेखि सुरु भएको दोस्रो सुटर्स कप फुटबल प्रतियोगिताको प्रि–क्वार्टरफाइनलमा पुगेका छन्।

सुटर्स फुटसलद्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा भक्तपुरको ईआर ब्वाइजले काठमाडौंको साँखुस्थित अलस्टारलाई ४–१ गोलले पन्छाएको हो।

ईआरको लागि विकेश सुवालले ह्याट्रिक पूरा गरेका थिए। उनले खेलको तेस्रो मिनेटमै गोल गर्दै ईआरलाई अग्रता दिलाएका थिए। त्यस्तै खेलको १८ औं र ३६ औं मिनेटमा दुई गोल थपे। सुरज सुवालले खेलको पहिलो हाफको इन्जुरी समयमा गोल गरे। विजेता ईआरलाई पद्म ज्योति समूहले प्रयोजन गरेको छ।अलस्टारको लागि राम तामाङले खेलको ३९ औं मिनेटमा सान्त्वना गोल गरे।

त्यस्तै बीडीएफसीएले काठमाडौंको कोटेश्वरस्थित च्याम्पियन ब्याइजलाई पेनाल्टी सुटआउटको सडेन डेथमा हराएको छ। ७० मिनेटको निर्धारित समयमा दुवै टीम गोलरहित बराबरीमा रहे। खेलको अन्तिम ३ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा नतिजा नै बीडीएफसीएलाई सुम्पनमा च्याम्पियन बाध्य भएको थियो। च्याम्पियनका खेलाडीले गोलपोस्टमा हानेको बल ह्यान्ड भएपछि बीडीएफसीएका खेलाडीले रातो कार्ड पाएसँगै च्याम्पियनले पेनाल्टी पाएको थियो।

पेनाल्टी सुटआउटमा दुवै टीमबाट चारचार गोल भएको थियो। आठपटकसम्म पेनाल्टी हान्न लगाउँदा पनि बराबरी भएको थियो। नवौं पेनाल्टी हान्न आएका च्याम्पियनका खेलाडीको बललाई छेक्न सफल भएपछि बीडीएफसीएले नतिजा आफ्नो पक्षमा पार्न सफल भएको हो।

विजेता बीडीएफसीएलाई शिव शिखर कृषि सहकारीले प्रयोजन गरेको छ।
प्रतियोगिताअन्तर्गत आइतबार काभ्रेको पनौतीस्थित पनौती युनाइटेडबाट बाई पाएर प्लानिङ ब्वाइज सीधै प्रि–क्वार्टरफाइनल पुग्न सफल भएको छ।

विजेतालाई एकलाख पुरस्कार
प्रतियोगितामा भक्तपुर, काठमाडौं र काभ्रेका २४ फुटबल टीमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले उपाधिसँगै नगद एकलाख रुपैयाँ पुरस्कार पाउनेछ। त्यस्तै उपविजेताले नगद पचास हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

आयोजक सुटर्स फुटसलका अध्यक्ष रमेश सुवालले हरेक खेलका उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कारको व्यवस्था गरिएको जानकारी दिए। त्यस्तै व्यक्तिगततर्फ उत्कृष्ट गोलकिपर, स्ट्राइकर, डिफेन्स र विन्गरलाई पुरस्कृत गरिने उनले बताए।

खेल्दै ६ जना विदेशी खेलाडी
प्रतियोगिताअन्तर्गत ६ जना विदेशी खेलाडी मैदानमा उत्रिने भएका छन्। आइतबारको खेल जित्न सफल बीडीएफसीएबाटै चार जना विदेशी खेलाडी मैदान उत्रिएका छन्। उक्त टीमबाट नाइजेरियाका सोला र नाना, गिनीका मोन्सो तथा आइभरी कोस्टका फुफोना मैदान उत्रिएका हुन्।

त्यस्तै आयोजक सुटर्सले पनि दुईजना विदेशी खेलाडीलाई मैदानमा उतार्ने तयारी गरेको प्रतियोगिताका संयोजक किशोर धुकुछुले जानकारी दिए। प्रतियोगिताको आइतबार एक कार्यक्रमबीच नगर खेलकुद समिति भक्तपुरका पूर्वसंयोजक रवीन्द्र खर्बुजाले उद्घाटन गरेका थिए।

दोस्रो सुटर्स कप फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भिड्दै ईआर ब्वाइज र अलस्टारका खेलाडी। तस्बिर : ईश्वरकाजी खाइजू
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.