गजुरीबाट तीन सय ६० केजी चरेससहित तीन पक्राउ

गजुरीबाट तीन सय ६० केजी चरेससहित तीन पक्राउ

गजुरी (धादिङ) : पृथ्वीराजमार्गको नौबिसे मुग्लिन सडकखण्ड अन्तगरत धादिङको गजुरी गाउँपालिका १ घाटवेशीबाट ठूलो परिमाणमा अवैध लागुऔषध चरेससहित तीनजना भारतीय नागरिक पक्राउ परेका छन्। 

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले चरेसहित तीनजना भारतीयलाई नियन्त्रणमा लिएको हो।आइतबार बिहान काठमाडौँबाट चितवन हुँदै भारततर्फ जाँदै गरेको अवस्थामा गजुरीमा चेकजाँच गर्दा एच आर ५५ एम ९४८४ नम्बरको भारतीय कन्टेनरबाट चरेश बरामद गरिएको इलाका प्रहरी कार्यलय धादिङका प्रहरी निरिक्षक नवराज ढुङ्गेलले जानकारी दिए। 

बरामद चरेससँगै पक्राउ परेकालाई लागु औषध नियन्त्रण ब्युरोका प्रमुख डिआइजी दिनेश अमात्यकै उपस्थितिमा इलाका प्रहरी कार्यलय गजुरीमा सार्वजनिक गरिएको हो। 

ट्रकको चालक र सहचालक बस्ने क्याबिनको माथिल्लो भागमा फल्स बटम बनाएर प्लास्टिकको १५ वटा बोरा भित्र ७०२ वटा प्लास्ष्टिकका पोका पारी लुकाई राखिएको अवस्थामा चरेस भेटिएको डिआजी अमात्यले जानकारी दिए। 

पक्राउ पर्नेमा चालक भारतको मैनपुरी जिल्ला कुरावली थाना सरिफपुर उत्तर प्रदेश बस्ने ६४ वर्षीय ओम प्रकाश, मोतिहारी तुमरीया टोल ५ रक्सौल बस्ने ३४ वर्षीय गुलाब खान र सहचालक फरुखावाद दिउरा महसौना सिलसंडा उत्तर प्रदेश बस्ने २९ वर्षीय मोरपाल बर्मा रहेका छन्। 

गुलाब खाने विगत लामो समयदेखि चरेसको ओसारपसारमा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिआइजी अमात्यको भनाइ छ। यसअघि पुस १९ गते २ सय ३५ केजी चरेशसहित दुई जनालाई इलाका प्रहरी कार्यलय गजुरीको टोलीले पक्राउ गरेको थियो।
   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.