ककनी गाउँपालिकामा हट्यो बाल विवाह

ककनी गाउँपालिकामा हट्यो बाल विवाह

ओखरपौवा : नुवाकोटको ककनी गाउँपालिका–१ कागती गाउँमा श्रीपञ्चमीका दिन यो वर्ष बाल विवाह भएन। दशकअघिसम्म महालक्ष्मी मन्दिरमा लहरै बालबालिका राखेर विवाह गरिन्थ्यो। आइतबार गाउँमा बाल तथा अनमेल विवाह नभएको स्थानीयले बताए।

स्थानीय युवाले गाउँलाई बाल विवाहमुक्त गाउँ घोषणा गर्ने तयारी गरेका छन्। यो गाउँमा नेवार समुदायका बलामीको बाहुल्य छ। वडाध्यक्ष चन्द्रबहादुर बलामीले गाउँलाई बाल विवाहमुक्त घोषणा गर्न युवा जुटेको बताए। उनका अनुसार पहिले उमेर नपुग्दै विवाह गर्ने चलन थियो। स्थानीयमा जागरण आएकाले उमेर पुगेपछि मात्र विवाह गर्ने क्रम बढेको उनले बताए।

गाउँमा बाल विवाह हटेको साबिक ओखरपौवा गाविसका पूर्वअध्यक्ष जितबहादुर बलामीले बताए। उनका अनुसार विगतमा श्रीपञ्चमीका दिन ३६ भन्दा बढी जोडीको बाल विवाह गरिन्थ्यो। ‘अब त गाउँमा विवाह गर्न उमेर पुगेका २० देखि २५ वर्ष उमेरका युवायुवतीको जमात पो बढिरहेको छ’, उनले भने।

खर्च कम हुने र चाँडै नातिनातिना खेलाउन पाउने जनाउँदै चाँडै विवाह गरिदिने चलन थियो। चाँडै विवाह गरे अहित हुने थाहा पाएकाले बाल विवाह हटेको महालक्ष्मी जनजागृति युवा क्लबका पदाधिकारीको भनाइ छ। शिक्षा र चेतना बढेका कारण कुरीति हटेको स्थानीय युवा समीर बलामीले बताए।

बलामी समुदाय अधिकांशले थर श्रेष्ठ लेख्न थालेका छन्। यसबाट पहिचान गुम्ने खतरा बढेको वडाध्यक्ष बलामीको भनाइ छ। ७ सय ५० घरमा ९ हजार ५ सय ४६ जना बलामी छन्। १ सय ५० जनाले प्रवेशिका, ५० जनाले प्रवीणता प्रमाणपत्र तह, ३० जनाले स्नातक तह उत्तीर्ण गरेका छन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.