हेलिकप्टर चढेर मुख्यमन्त्री  पुगे सोरुम उद्घाटनमा

हेलिकप्टर चढेर मुख्यमन्त्री  पुगे सोरुम उद्घाटनमा

ओखलढुंगा : प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आइतबार हेलिकप्टर चढेर ओखलढुंगा आए। सिद्धिचरण नगरपालिका–५ वर्णालुमा रुम्जाटार अटोमोबाइल्सले सञ्चालनमा ल्याएको सोरुम उद्घाटन गरे।

मुख्यमन्त्री ससाना कुरामा अल्झिएको भनेर नेकपाका स्थानीय नेताले यसको आलोचना गरेका छन्। मुख्यमन्त्री यस्ता काममा कुद्न उपयुक्त नभएको नेकपा नेता बाबुराम गौतमको भनाइ छ। ‘प्रदेशको समृद्धि र विकासमा ध्यान दिनुपर्ने बेला हो यो’, उनले भने, ‘व्यक्तिले सञ्चालन गरेको एउटा सोरुम उद्घाटन गर्न हेलिकप्टर चढेर आउनु सान्दर्भिक भएन।’

मुख्यमन्त्री राईसहितको टोली सोलुखुम्बुको पत्ताले हुँदै रुम्जाटार आएको थियो। प्रदेश सांसद अम्बिरबाबु गुरुङलगायत टोलीमा थिए। उनीहरूले पत्तालेमा केही समय हेलिकप्टर अवतरण गरी हिमपात भएको क्षेत्र र महालंगुर हिमशृंखला अवलोकन गरेका थिए। उनीहरू रुम्जाटार विमानस्थलमा मध्याह्न १२ः३० बजे अवतरण गरेका थिए।

स्थानीयका माग सुनेर मुख्यमन्त्री हेलिकप्टरबाटै फर्किए। अटोमोबाइल्स कम्पनीमा प्रदेश सांसद गुरुङको लगानी रहेको जनाइएको छ। उनले मुख्यमन्त्रीलाई सोरुम उद्घाटन गर्न ल्याएका हुन्।

‘जनताले जिताएका मान्छे समानुपातिक हिसाबले सबै ठाउँ जानुपर्छ’, गौतमले भने, ‘तर, यस्ता झिना–मसिना कुरामा अल्झिएर हिँड्नुअघि आफ्नो मर्यादा र जनताले सुम्पिएको जिम्मेवारी ख्याल गर्नुपर्छ।’

मुख्यमन्त्री भएपछि राई ओखलढुंगा तीनपटक आएका छन्। सदरमुकाम आएर चार घण्टा बस्दा पनि उनी नेकपा कार्यालय नपुगेकोमा कार्यकर्ताले असन्तुष्टि जनाएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.