क्यामरुनी टोलीले जित्यो पोखरा कप

क्यामरुनी टोलीले जित्यो पोखरा कप

पोखरा : मनकामना केबलकार पोखरा कपको उपाधि पाहुना टोली क्यामरुनको डफिन्स टिम फेमलीले जितेको छ। आइतबार पोखरा रंगशालामा भएको फाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई १-० गोलले पराजित गर्दै क्यामरुनले उपाधि जितेको हो। उपाधि जितेको टोलीले नगद सात लाख ५५ हजार रुपैयाँ प्राप्त गरेको छ।

छैटौं संस्करणको प्रतियोगितामा उपविजेता बनेको एपीएफले चार लाख पाँच हजार प्राप्त गर्‍यो।

यानिक ओवानकले खेलको ५४औं मिनेटमा गरेको गोलले नै डफिन्सलाई उपाधि दिलाएको हो। अरमेल अहन्डाले पोस्टमा प्रहार गरेको बललाई यानिकले गोलमा परिणत गरेका थिए। हरेक खेलमा गोल गरेका यानिकले फाइनल खेलमा पनि निर्णायक गोल गर्दा म्यान अफ दी म्याचसमेत घोषित भए। अग्लो कदका खेलाडी सामु एपीएफका खेलाडीले खेल देखाउन सकेनन्।

एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले शारीरिक रूपमा बलिया खेलाडीसँग आफूहरूले एउटा गल्ती गर्दा उपविजेता बन्नु परेको बताए। प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि एपीएफका गोलरक्षक राजु नगरकोटी घोषित हुँदै मोटरसाइकलको हकदार गरे। प्रतियोगितामा उत्कृष्ट डिफेन्डर एपीएफका रमेश दंगाल, मिडफिल्डर मनाङ मस्र्याङ्दीका हेमन गुरुङ, उत्कृष्ट स्ट्राइकर डफिन्सका यानिक ओवाना, उत्कृष्ट प्रशिक्षक एपीएफका राजेन्द्र तामाङले जिते। उनीहरूले जनही २५ हजार रुपैयाँ प्राप्त गरे। पोखरा रंगशालामा पहिलो पटक उक्त प्रतियोगितामा सहभागी जनाएको जापानको रिस्सो युनिभर्सिटीको टोली अनुशासित टिम बनेको छ।

विजेतालाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा, एन्फा उपाध्यक्ष कृष्ण थापा, आयोजक एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलगायतले पुरस्कार प्रदान गरे।

एन्फा कास्कीले प्रतियोगिता समापनको अवसरमा उत्कृष्ट फुटबल खेलाडीको रूपमा उत्तम गुरुङलाई पुरस्कृत गरेको थियो। फुटबल खेलकोे विकासमा योगदान दिएको भन्दै उनलाई सम्मानको साथमा स्कुटर प्रदान गरिएको छ।

माघ १५ देखि सुरु प्रतियोगितामा दुई विदेशीसहित १२ टोलीको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.