चौथो रामेछाप राष्ट्रिय पुरुष भलिबलको उपाधि गण्डकी प्रदेशलाई, उपविजेता नमूना दीप

चौथो रामेछाप राष्ट्रिय पुरुष भलिबलको उपाधि गण्डकी प्रदेशलाई, उपविजेता नमूना दीप

रामेछाप : मन्थली मेयर कप रामेछाप सिभिल च्याम्पियनसिप उपाधि गण्डकी प्रदेशले जितेको छ। सदरमुकाम मन्थलीमा आइतबार भएको फाइनल खेलमा गण्डकी प्रदेशले नमूनादिप युवा क्लब रामेछापलाई २५–२२, २५–२१ र २५–१८ अंकको (३-०) सोझो सेटमा हराउदै उपाधि हात पारेको हो।

जितसँगै गण्डकी प्रदेशले उपधिसँगै शिल्ड र नगद ३ लाख रुपैँया हात पारेको छ। चौथो स‌ंस्करणको रामेछाप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपविजेता बनेको नमूना दीप युवा क्लबले शिल्ड र नगद २ लाख रुपैँया प्राप्त गर्‍यो।

यस्तै प्रतियोगितामा शान्तिदीप युवा क्लब रामेछाप तेस्रो र प्रदेश नम्बर १ सान्त्वना भएको छ। उनीहरुले क्रमश : नगद १ लाख र ५० हजार पाएका छन्। शान्तिदीप युवा क्लबले प्रदेश नम्बर १ लाई २५–२३, २०–२५, २५–१५, २३–२५ र १६–१४ अंकको अन्तरले (३-२) सेटमा पराजित गर्‍यो।


 
माघ २२ गते देखि सुरु भएको प्रतियोगिताको सर्वोकृष्ट खेलाडी बन्दै गण्डकीका हरिनारायण पाण्डेले नगद १५ हजार रुपैँया पुरस्कार जितेका छन्। व्यक्तिगत विधातर्फ उत्कृष्ट सर्बर शान्तिदीपका प्रताप खवास, उत्कृष्ट ब्लकर गण्डकीका बलिराम चौधरी, उत्कृष्ट स्पाइकर नमूना दीपका कुलबहादुर थापा, उत्कृष्ट डिफेन्डर गण्डकीका राजन दर्लामी, उत्कृष्ट सेटर गण्डकीका सुजन चखाल र उत्कृष्ट प्रशिक्षक गण्डकीका राजुकुमार गुरुङले पाएका छन्। विधागत रुपमा उत्कृष्ट हुनेहरुले जनही नगद १०/१० हजार रुपैया पुरस्कार पाएका छन्। 

मन्थली नगरपालिका सहआयोजक रहेको प्रतियोगितामा सहभागी टिमका खेलाडीहरुको भत्ता र यातायात खर्च आयोजक जिल्ला खेलकुद विकास समितिले प्रदान गरेको अध्यक्ष पुरुषोत्तम कडरियाले जानकारी दिए। उनकाअनुसार आगामी पाँचौ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता अझ व्यवस्थित तरिकाले सञ्चालन गरिने छ। अघिल्लो संस्करणको उपाधि सुदूरपश्चिमले चुमेको थियो। 

समापन समारोहमा बोल्दै प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले रामेछापमा ३ करोड बराबर कभर्ड हल र स्टेडियमको लागि बजेट छुट्याएर काम सुरु भएको बताए । उनले रामेछाप जिल्लामा सुइमिङ पुल र भूगोलअनुसार आवश्यक पुर्वाधार बनाउन प्रदेश सरकार तयार रहेको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.